सुनसरी– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्। आज (शुक्रवार) सुनसरीस्थित इनरुवा सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुने्।
यस्तै उनले अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको बताएका छन। उनले देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघि मात्र विद्युत् खपत वृद्धि सम्बन्धी कार्यायोजना मन्त्रिपरिषदबाट पारित गरेको स्पष्ट समेत पारे।
प्रधानमन्त्रीले ‘प्रचण्ड’ले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत् प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा क्षेत्रले फड्को मारिरहेको छ। घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरू भइरहेका छन्।