चाडपर्वका नाममा फरक–फरक पोसाक किन्न लगाई अभिभावकलाई दु– ख नदिन विद्यालयलाई महानगरको चेतावनी - Chaitanya News
  • 2026-11-19
  • 13:36:50
  • बिहिबार,मंसिर ०४, २०८३
  • चाडपर्वका नाममा फरक–फरक पोसाक किन्न लगाई अभिभावकलाई दु– ख नदिन विद्यालयलाई महानगरको चेतावनी

    चाडपर्वका नाममा फरक–फरक पोसाक किन्न लगाई अभिभावकलाई दु– ख नदिन विद्यालयलाई महानगरको चेतावनी

    काठमाडौं– काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक–फरक पोसाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

    महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक–फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्। परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।