नारायणगढमुग्लिन सडक पुस ७ देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने - Chaitanya News
  • 2026-11-19
  • 16:17:13
  • बिहिबार,मंसिर ०४, २०८३
  • नारायणगढमुग्लिन सडक पुस ७ देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

    नारायणगढमुग्लिन सडक पुस ७ देखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने

    चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्नै हुँदा पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

    हिजो बिहिबार नारायणगढ मुग्लिनले एक सुचना जारी गर्दै पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने जनाएको हो।

    नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन्।

    यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ। पोखराबाट आउने यात्रुवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ।

    उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन् बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो।