कोभिड– १९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु - Chaitanya News
  • 2026-05-05
  • 16:43:18
  • मंगलबार,बैशाख २२, २०८३
  • कोभिड– १९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु

    कोभिड– १९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु

    काठमाडौं– भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानबाट ३ जनाको मृत्यु भएको छ।

    भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड–१९ को ३०० संक्रमित फेला परेका छन्।

    केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा ​​संक्रमण देखिएको छ

    केरलामा सक्रिय सङ्क्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय सङ्क्रमितको संख्या ३२८ मात्र छ।