पशुपति क्षेत्र विकास कोषको विज्ञमा पत्रकार अशोक सिलवाल नियुक्त - Chaitanya News
  • 2026-11-19
  • 16:17:10
  • बिहिबार,मंसिर ०४, २०८३
  • पशुपति क्षेत्र विकास कोषको विज्ञमा पत्रकार अशोक सिलवाल नियुक्त

    पशुपति क्षेत्र विकास कोषको विज्ञमा पत्रकार अशोक सिलवाल नियुक्त

    काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको विज्ञमा पत्रकार अशोक सिलवाल नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्ले लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार सिलवाललाई विज्ञ नियुक्त गरेको हो।

    नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रूपमा पशुपति क्षेत्रको विकास, संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ।

    कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन्। कलम, लेखक दुनियाँ, श्रीलङ्का स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन्।