पछिल्लो समय स्थानीय तहको मनोबल घटिरहरहेको छ (अन्तवार्ता) - Chaitanya News
  • 2026-11-19
  • 13:37:01
  • बिहिबार,मंसिर ०४, २०८३
  • पछिल्लो समय स्थानीय तहको मनोबल घटिरहरहेको छ (अन्तवार्ता)

    पछिल्लो समय स्थानीय तहको मनोबल घटिरहरहेको छ (अन्तवार्ता)

    नेपाल संघीयताको अभ्यासमा छ। यो अभ्यास केहि हदसम्म सफल पनि भइरहेको छ। ७५३ स्थानीय तह स्थानीय सरकारका रुपमा कार्यरत छन। संविधानले जारी गरेको राज्य सञ्चालनको बाँडफाँडको आधारमा एउटा स्थानीय तह आफैँमा एउटा सरकार हो। मेयर वा अध्यक्ष त्यस स्थानीय तहको सरकार प्रमुख हुन्। प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिव हुन्। एउटा मन्त्रालयको मुख्य सचिवको भूमिका जस्तै एक स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको हालको अवस्थामा उस्तै भूमिका हो भन्ने कुरालाई पनि हामी नकार्न सक्दैनौं। कुन पालिकाले कसरी काम गरिरहेका छन, त्यहाँका जनताको अपेक्षा के छ रु यिनै विषयमा रहेर चैतन्य खबरका लागि निर्मला कडायतले अछामको साफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मासँग गरेको कुराकानीको सम्पादित अंश

    तपाईँले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको कति भयो?
    मैले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ६ वर्ष भयो

     

    यो ६ वर्षको अबधिमा जनप्रतिनिधिको कस्तो सहयोग पाईरहनु भएको छ ?
    मैले यो ६ वर्षको अवधिमा जनप्रतिनिधिको राम्रो साथ, सहयोग पाइरहेको छु ।

    जनअपेक्षा कस्तो पाउनु भएको छ र यहाँले ससेवा भावलाई अग्रभावमा राखेर कसरी काम गरिरहनु भएको छ?
    जनअपेक्षा त धेरै नै छन। काम गर्न सुरुसुरुमा त गारो नै हुन्छ पछि बिस्तारै बुझ्दै जादा सहज पनि हुन्छ। तर हामीसँग स्रोत साधनहरु असिमित छन् । त्यसैले अवैको अपेक्षाहरु पुरा गर्न सकिरहेका छैनौं। सानोतिनो जनअपेक्षाका कामहरु चाहि भईरहेका छन।

    यहाँको पालिकामा प्रशासनिक टिमको कार्यशैलीको कुसल व्यवस्थापन कसरी गरिरहनु भएको छ?
    त्यो शाखा मार्फत हुने गर्छ। उहाँहरुले समन्य गर्नुहुन्छ। त्यही अनुसार कामहरु भईरहेको छ।

    कर्मचारीको प्रयाप्तता, सहजता, असहजता के छ?
    सुरुको वर्षमा त कर्मचारी अभावले धेरै नै गारो भएको थियो। पछि प्रदेश लोकसेवा आयोगबाट कर्मचारी पूर्ति भएपछि अहिले चाही कर्मचारीको प्रयाप्तता नै छ।

    अहिले लोकसेवाको आकर्षण बढ्दो छ, तयारी गरिरहनु भएका विद्यार्थीलाई के भन्न चाहानु हुन्छ? कसरी तयारी गर्दा लोकसेवामा सफलता प्राप्त हुन्छ जस्तो लाग्छ यहाँलाई?

    लोकसेवाको आकर्षण बढेको हो की घटेको योे कुरा चाही छुट्याउनै गारो छ । तर पछिल्लो समय स्थानीय तहको मनोबल चाही घटेको पाईएको छ। तयारीको विषयमा चाहि कोही पनि मान्छेले सबै कुरा पहिले नै जानेको हुँदैन। निरन्तरण अभ्यास गरिरहनु पर्छ। निरन्तरण अभ्यास गरिरहेपछि जुनसुकै बेला पनि सफलता प्राप्त गर्न सकिन्छ। एक–दुई पटकको अभ्यासमा असफलता हुँदैमा आफूलाई कमजोर, अयोग्य नठान्ने। नोटहरु बनाएर पढ्ने। निरन्तरण प्रयास गरिरहेपछि सफलता निश्चित छ।