सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त - Chaitanya News
  • 2026-05-28
  • 01:15:56
  • बुधबार,जेठ १३, २०८३
  • सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

    सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

    काठमाडौँ– सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन्। संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन्।

    नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।

    उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो।