सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँमा खरिदबिक्री हुने - Chaitanya News
  • 2026-05-28
  • 01:16:23
  • बुधबार,जेठ १३, २०८३
  • सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँमा खरिदबिक्री हुने

    सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँमा खरिदबिक्री हुने

    काठमाडौँ– सरकारले गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ। गत वर्षभन्दा करिब ३ सय रुपैयाँ बढाएर सरकारले ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल गहुँ बालीको न्यूनतम सर्मथन मूल्य तोकेको हो।

    गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो।

    यो वर्ष गहुँको प्रतिक्विटल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८ पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।