सरकारले तोक्यो उखुको न्युनतम खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने - Chaitanya News
  • 2026-05-28
  • 01:16:23
  • बुधबार,जेठ १३, २०८३
  • सरकारले तोक्यो उखुको न्युनतम खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

    सरकारले तोक्यो उखुको न्युनतम खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

    काठमाडौँ– सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

    उनका अनुसार कृषि मन्त्रालयको प्रस्तावमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय भएको छ। यस्तै ५६५ रुपैयाँ प्रतिक्विन्टल उद्योगले दिने गरी न्युनतम खरिद मूल्य तोकिएको उनले बताइन्।