नागरिक चेतना
- नागरिकलाई अधिकार, कर्तव्य, दायित्व तथा सेवा सुविधा बारे सचेत र सुसूचीत गर्ने कार्य
- व्यक्तिलाई असल नागरिक बनाउन आवश्यक आनीवानी, मूल्य, ज्ञान, सीप विकास गर्ने प्रक्रिया
- लोकतान्त्रिक पद्धति र सेवा प्रवाह प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि सक्षम बनाउने विधि
- प्रभावकारी नागरिक संलग्नताका लागि मानिसको सशक्तीकरण मार्फत् क्षमता अभिवृद्धि गर्ने कार्य
- यसले व्यक्तिलाई व्यक्तिगत र सामूहिक दुवै रूपमा सशक्तीकरण गर्छ।
- यसले मानिसलाई प्रजातान्त्रिक राजनीतिक जीवनमा सहभागी हुन र उनीहरूका अधिकारलाई उपयोग गर्न तथा जिम्मेवारी र दायित्व निर्वाह गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्दछ।
- यो एक राजनीतिक शिक्षा हो जसले व्यक्तिमा समुदाय, सरकार र राजनीतिमा प्रभावकारी रूपमा सहभागी हुन आवश्यक पर्ने गुण, ज्ञान र सीपको विकास गराउछ।
- नागरिक सचेतनाले नागरिकलाई सचेत, जागरुक, सुसूचित र सशक्त बनाई नागरिक संलग्नतामा आधारित शासन लाई प्रबर्द्धन गर्छ।
नागरिक चेतना अभिवृद्धिका विधिहरु
(क) औपचारिक तथा अनौपचारिक नागरिक शिक्षा (Formal and informal civic education)
(ख) सेवामार्फत् सिकाई (Service learning)
(ग) नागरिक गतिविधिमा संलग्नता (Engaging in civic actions)
(घ) अन्तत्र्रिmयाद्वारा नागरिक शिक्षा (Civic education through discussion)
(ङ) समुदायका रूपमा विद्यालय (School as community)
(च) स्वतन्त्र सिकाइ (Liberation pedagogy)
(छ) ब्रम्हाण्डीय शिक्षा (Cosmopolitan education)
(ज) सामाजिक तथा राजनीतिक अभियान (Social and political campaigning)
(झ) सञ्चार जगत hut (Media)
नागरिक चेतना उपलब्धीहरु
- राजनीतिक सहनशीलता (Political tolerance),
- लोकतान्त्रिक संस्थाप्रतिको विश्वास (Trust in democratic institutions),
- विधिको शासनको पालना (Compliance of rule of law),
- उच्च नागरिक सचेतना (High level civic awareness),
- नागरिक अधिकार र नागरिक जिम्मेवारीको प्रयोग (Exercise of civic rights and civic duties),
- राम्रोसँग कार्य गर्ने लोकतान्त्रिक प्रणाली (Functional democratic system),
- प्रभावकारी राजनीतिक प्रक्रिया (Effective political process),
- मजबुत राष्ट्रिय एकता तथा अखण्डता (Strong national unity and integrity)
- मजबुत अनुशासन तथा सामाजिक सुव्यवस्था (Better discipline and social order),
- मानव अधिकारको उचित अवस्था (better condition of human rights),
- अर्थपूर्ण नागरिक संलग्नता (Meaningful civic engagements).
नागरिक चेतनाका पक्षहरु
१.नागरिक ज्ञानः यसमा नागरिकको राजनीतिक तथा नागरिक सन्दर्भको बोध र राजनीतिक तथा नागरिक अधिकार, सामाजिक तथा आर्थिक अधिकार र भूमिका, जिम्मेवारी तथा कर्तव्यको ज्ञान सम्बन्धी विषयहरु।
२.नागरिक सीपः राजनीतिक, आर्थिक, सांस्कृतिक तथा नागरिक मामिलाहरूको व्याख्या, विश्लेषण, अन्तरक्रिया, मूल्याङ्कन, वाद प्रतिवाद तथा अनुगमन आदि गर्न आवश्यक पर्ने सीपहरू।
३.नागरिक स्वभाव वा प्रवृत्तिः नागरिक जीवनमा सहभागी हुन आवश्यक आत्मविश्वासको प्रदर्शन, राजनीतिक प्रक्रियामा सशक्त संलग्नता, लोकतान्त्रिक प्रणालीमा नागरिकको हैसियतले प्राप्त गर्ने अधिकारको उपयोग तथा जिम्मेवारी एवं कर्तव्यको पालना र नागरिकको अधिकार र कर्तव्य पालनामा खुलापन, सहनशीलता तथा जिम्मेवारी बोधको विकास जस्ता विषयहरू।
नागरिक चेतनाका सिद्धान्त
- नागरिक जिम्मेवारी (Civic Responsibility)
- राज्यको दायित्त्व (State Obligations)
- सुसूचित नागरिक संलग्नता (Informed Engagement of Citizen)
- राजनीतिक सहभागिता (Political Participation)
- नागरिक अधिकार (Civic Rights)
- विधिको शासनको परिपालना (Compliance of Rule of Law)
- सामाजिक बहुलवाद (Social Pluralism)
- सामाजिक विवादको सिर्जनशील समाधान (Constructive Solution of Social disputes)
- नागरिक समाजको विकास (Development of Civil Society)
नागरिक चेतनाका उद्देश्य
- नागरिकलाई उनीहरूको अधिकार र कर्तव्यको बोध गराउनु,
- मुलुकको राजनीतिक प्रणाली र संरचनाका बारेमा जानकारी गराउनु,
- लोकतान्त्रिक मूल्य, मान्यता, संस्था र नियमका बारेमा सचेतना बढाउनु,
- लोकतान्त्रिक प्रक्रियामा नागरिकको सिर्जनशील सहभागिता हासिल गर्नु,
- नागरिकमा राजनीतिक सहनशीलता, कानूनी परिपालना, र लोकतान्त्रिक पद्धतिप्रतिको विश्वास अभिवृद्धि गर्नु,
- नागरिकलाई समाजिक-सांस्कृतिक क्रियाकलाप र विकास प्रक्रियामा सक्रिया सहभागी गराउनु,
- स्वच्छ, उच्च नैतिक एवं सहिष्णु समाजको विकास गर्नु,
- मुलुकमा कानूनी शासनको सुनिश्चित गर्नु,
- राष्ट्रियतालाई मजबुत वनाई राष्ट्रिय एकता र अखण्डता कायम गर्नु,
- असल नागरिक, असल लोकतन्त्रवादी र असल व्यक्तिको विकास गर्नु।
नेपालमा नागरिक चेतनाको अवस्था
- वि.सं. २००७, २०४६ र २०६२/६३ मा भएका जनआन्दोलन, सशस्त्र द्वन्द्व, मधेश आन्दोलन र विभिन्न नागरिक आन्दोलनले जनतालाई राजनीतिक चेत र अधिकारका विषयमा सचेत बनाए।
- लोकतान्त्रिक अभ्यास अन्तर्गत भएका आवधिक निर्वाचन र सो क्रममा भएका राजनीतिक दलका कार्यक्रम, अधिकारकर्मी तथा नागरिक समाजका अभियान र आन्दोलन, आमसञ्चार जगतका कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका गतिविधि, प्रविधिको विकास र विस्तार एवं जराधार तहसम्म उपयोग, सामाजिक सञ्जालहरूको विकास र उपयोगजस्ता कारणहरूले नेपाली समाजमा नागरिक चेनताको विकासले फड्को मार्न सम्भव भयो।
- यसले गर्दा नागरिकहरु अधिकार र कर्तव्यप्रति सचेत बन्दै गएका छन्। उनीहरूमा सहभागिता, आवाज र निगरानी क्षमता सुदृढ हुँदै गएको छ। राजनीतिक चेत र सक्रियता बढेको।
- नागरिक चेतनामा भएको यस्तो सुधारका कारण लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय र समानता, सुशासन, सार्वजनिक उत्तरदायित्व र राष्ट्रियताको प्रबर्द्धनमा महत्वपूर्ण योगदान पुगेको।
- नागरिक चेतना विकासका लागि नेपालमा औपचारिक र अनौपचारिक दुवै विधि प्रयोग हुँदै आएका छन्।
- विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा नागरिक चेतना विकास गर्ने थुप्रै विषयहरू समावेश छन्।
- सामाजिक शिक्षा, इतिहास, नेपाल परिचय, नैतिक शिक्षा, राजनीतिशास्त्र जस्ता विशिष्ट पाठ्यक्रमहरू समेत अध्यापन हुँदै आएका छन्।
- मुलुकको संविधान र त्यसले गरेका नागरिक हक, कर्तव्य तथा दायित्व, राजनीतिक प्रणाली र प्रक्रिया, शासकीय पद्धति एवं संरचना, समावेशीकरण, सामाजिक न्याय र समानता, निर्वाचन प्रणाली, नीति निर्माण, विकास निर्माण प्रक्रिया, वातावरण संरक्षण, नैतिकता तथा सदाचार, नागरिक समाजजस्ता थुप्रै विषयहरूलाई पाठ्यक्रममा समावेश गरेर औपचारिक विधिबाट विद्यार्थीमा नागरिक चेतना विकासको प्रयास गरिएको छ।
- औपचारिक विधिबाट नागरिक चेतना बढाउन प्रौढ शिक्षा, मतदाता शिक्षा, सामाजिक परिचालन, सशक्तीकरण एवं जागरण अभियानहरू जस्ता माध्ययमहरूको पनि प्रयोग गर्ने गरिएको छ।
- त्यसैगरी राजनीतिक एवं नागरिक आन्दोलनहरू, नियमित राजनीतिक गतिवधिहरू, आमसञ्चार जगत तथा नागरिक समाजका क्रियाकलापहरू, सामाजिक सञ्जाल, सूचना प्रविधि, सामाजिक, सांस्कृतिक तथा आर्थिक अन्तक्र्रिया, वाहृय जगतसँगको सम्पर्क र पहुँच जस्ता अनौपचारिक विधिहरूको कारणबाट पनि नेपालमा नागरिक सचेचना विकास हुँदै आएको छ ।
जनताका कर्तव्य एवं जिम्मेवारी
- राज्यका कानून (ऐन, नियम तथा निर्णय) हरूको परिपालना,
- कर तथा सार्वजनिक सेवा उपयोग गरेवापतको शुल्क वा दस्तुरको दाखिला,
- राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षा,
- सार्वजनिक सम्पत्तिको संरक्षण,
- राष्ट्रिय हित र प्रतिष्ठाको प्रबद्र्धन,
- सामाजिक सौहाद्र्रता, सहिष्णुता र एकताको सम्वद्र्धन,
- सरकारका कामकारवाहीमा सहयोग र सहजीकरण,
- सार्वजनिक स्रोतको मितव्ययी सदुपयोग,
- आवश्यक पर्दा राज्यको सेवा गर्नु,आदि।
नेपालको व्यवस्था
नेपालको संविधानाको धारा ४८ मा जनताका कर्तव्य अन्तर्गत देहायका विषयहरू तोकिएका छन्ः
- राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
- संविधान र कानूनको पालना गर्नु,
- राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,
- सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु।
विद्यमान समस्या
- शैक्षिक पाठ्यक्रममा नैतिक शिक्षा र नागरिक शिक्षालाई कम स्थान दिइनु,
- राजनीतिक दलका गतिविधि तल्लो तहसम्म नियमित रूपमा पुग्न नसक्नु,
- व्यप्त गरिवी र अशिक्षाले गर्दा नागरिक चेतना विकास कार्यक्रममा पहुँच कठिन हुनु,
- नागरिकले अधिकार (माग पक्ष) मा मात्र जोड दिनु, कानूनको पालना, राष्ट्रप्रतिको कर्तव्य र वफादारीको बोध (आपूर्ति पक्षमा) मा उनीहरूको ध्यान न्यून हुनु,
- नागरिक समाजले अपेक्षा अनुरूपको प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु,
- राजनीतिक प्रक्रियामा नागरिक सहभागिता अपेक्षित स्तरमा प्रभावकारी नहुनु,
- आमसञ्चार जगतले स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर कार्य गर्न नसक्नु,
- समाजका गन्य मान्य व्यक्तित्वहरूले आदर्श भूमिका निर्वाह गर्न नसक्नु,
- समाजमा नैतिकता र सदाचार ह्रास हुँदै जानु,
- नागरिक शिक्षाको अनौपचारिक माध्यमहरू समेत पर्याप्त र प्रभावकारी नहुनु।
समस्या समाधानका लागि सुझाव
- विद्यालयका पाठ्यक्रमा नैतिक शिक्षा र नागरिक शिक्षालाई महत्त्वका साथ समावेश गर्ने,
- राजनीतिक दल र तिनका भातृ सङ्गठनका क्रियाकलाप जराधारसम्म निरन्तर पुर्याउने,
- गैरसरकारी क्षेत्रसँगको सहकार्यमा नागरिक सचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन,
- नागरिकलाई अधिकार सँगसँगै कर्तव्य पालनामा समेत सचेत र जिम्मेवार बनाउने,
- नागरिक समाजको भूमिकालाई थप प्रभावकारी बनाउने,
- राजनीतिक प्रक्रियामा नागरिकहरूको रचनात्मक एवं अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने,
- नागरिकमा राष्ट्रप्रतिको निष्ठा र जिम्मेवारीबोध अभिवृद्धि गर्ने,
- नागरिकका कर्तव्य र जिम्मेवारी परिपालनालाई सुदृढ बनाउने,
- आम सञ्चार जगतको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउने,
- विभिन्न अगुवाहरूले एकल एवं सामूहिक रूपमा आदर्श भूमिका निर्वाह गर्ने,
- समाजमा नैतिकता र सदाचारको पक्षपोषण र प्रबर्द्धन गर्ने,
- नागरिक शिक्षाका अनौपचारिक विधिहरूलाई प्रबर्द्धन र प्रोत्साहन गर्ने।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 374