तपाँईको आजको राशिफल - Chaitanya News
  • 2026-05-28
  • 00:06:36
  • बुधबार,जेठ १३, २०८३
  • मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ।

    बृष– इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    लामो समयका अधुरा कामहरू पूरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। सामाजिक कार्यमा मन जानेछ। प्रेममा खटपट आउन सक्छ।

    मिथुन– का, कि, कु, घ, ङ , छ, के, को, ह
    नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला। आज तपाईका लागि रमाइलो दिन छ।

    कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। मनमा प्रशन्नता। पारिवारिक कलह।

    सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    बोली विपरितको अर्थ लाग्ने भएकाले विचार पुर्‍याउनुहोला। नयाँ साथीसँगको संवादले मन प्रफुल्लित बनाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। न्यायीक क्षेत्रमा सफलता मिल्ला। आर्थिक पक्ष मध्यम रहनेछ।

    कन्या– टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ। महत्वपूर्ण अवसर गुम्न सक्नेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला।

    तुला– र, रि, रु, रे, रो, ता, ति, तु, ते

    धन खर्चको योग छ। स्वास्थ्य समस्या बल्झिएला। माया प्रेममा सुमधुरता। राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ। बाहिर खानु अघि विचार गर्नुहोला। शैक्षिक क्षेत्र मध्यम रहला।

    बृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु

    अनावश्यक खर्च बढ्न सक्छ। धार्मिक यात्राको योग। मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। खानपिनमा ध्यान दिनुहोला

    धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आँटेको र ताकेको कार्य पूरा होला। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

    मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला। केटा तथा केटी साथीबाटा टाढा रहनुहोला। मनमा चिन्ता। धार्मिक यात्राबाट आनन्दी।

    कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, द

    अभिभावकको आशीर्वाद मनन गर्नुहोला। कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ।

    मीन– दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। बोलीको प्रभाव पनि बढ्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।