गरिबीको अवधारणा
- गरिबी अभाव र विपन्नताको अवस्था हो ।
- गरिबीको अर्थलाई विकासको स्तर र समाजको अवस्थाले पनि प्रभाव पार्नेगर्दछ ।
सामान्य बुझाईमा गरिबी भनेको जीवन निर्वाहका लागि आवश्यक क्षमताको अभाव हो, जसलाई सामान्यतः मौद्रिक शक्तिसँगको सापेक्षतामा हेरिन्छ (Lacking adequate money or means to live comfortably) ।
- जीवनका लागि आवश्यक रकम, सेवा तथा वस्तुको अभाव हुने अवस्था नैगरिवी हो (the state or condition of having little or no money, goods or means of support, condition of being poor) ।
- खाने, लाउने तथा बस्ने जस्ता आधारभूत आवश्यकता पूरा नभएको अवस्था नै गरिबी हो (Condition where people’s basic needs for food, clothing, and shelter are not being met).
- ‘a condition characterized by severe deprivation of basic human needs, including food, safe drinking water, sanitation facilities, health, shelter, education and
information. It depends not only income but also an access to service) ।
- सन् १९९८ मा गरिएको संयुक्त राष्ट्रसंघीय घोषणाले गरिबी भनेको मानवीय अस्तित्वका लागि आवश्यक चयन क्षमता र अवसरबाट बञ्चिती हो।
- Deprivation of Human Capability अमर्त्यल सेन ।
- गरिबी प्राकृतिक नभै दशाता र रङ्गभेद जस्तै मानव व्यवहारको उपज हो र मानवीय प्रयत्नबाट यसलाई हटाउन र घटाउन सकिन्छ
गरिबी र बञ्चितीकरण
- खाद्यबाट बञ्चिती (Food Deprivation)
- पिउने पानीबाट बञ्चिती (Water Deprivation)
- सरसफाइबाट बञ्चिती (Deprivation of Sanitation)
- स्वास्थ्य सेवाबाट बञ्चिती (Health Deprivation)
- आवासबाट बञ्चिती (Shelter Deprivation)
- शिक्षाबाट बञ्चिती (Education Deprivation)
- सूचनाको बञ्चिती (Information Deprivation)
- अरु धेरै आधारभूत सेवा र अवसरबाट बञ्चिती
गरिबीको दुई पक्ष
- निरपेक्ष गरिबी
– जीवनका न्यूनतम आवश्यकता पूरा गर्न नसक्ने अवस्था
– गरिबीका रेखामुनिको आयस्तर
– हटाउन सकिन्छ ।
- सापेक्ष गरिबी
– आयस्तरको तुलनात्मक अवस्था
– निश्चित आयभन्दा पनि कुनै पनि मुलुकको औसत आयभन्दाकम आय भएको अवस्था
– जुनसुकै समाजमा रहन्छ । हटाउन सकिदैन ।
गरिबीका आयाम
- गरिबी बहुआयामिक छ । यो गतिशील, जटिल, संस्थात्मक, लैब्गिक र स्थान वैशेषिक आयामको विश्लेषणको विषय हो।
- गरिबी प्रत्यक्ष देखिनेविषय मात्र होइन, यसका केही Interlocking dimension पनि छन्।
- जस्तो कि खाना बस्नकोकमी मात्र यसकोस्वरुप होइन, शक्तिहीनता, आवाजहीनता, अन्यमा निर्भरता, हीनताबोध जस्ता मनोबैज्ञानिक पक्ष पनि यसमा जोडिएर आउछन्।
- गरिबी भनेको आधारभूत आवश्यकताको पहूँच र सामथ्र्यबाट प्रत्यक्ष टाढा रहनुपर्ने
अवस्था/वाध्यता हो।
- गरिबमा चेतना र शिक्षाको अभाव रहन्छ । परिणामतः क्षमता विकास र सामाजिक पूजी निर्माणमा पछि परेकोहुन्छन्।
- शिक्षा, सामथ्र्यर अन्य पक्षका कारणबाट उनीहरुकोस्वास्थ्य कमजोर रहन्छ ।
- गरिबहरु आफ्नोसीमित आय र सामथ्र्यकोअव्यवस्थित उपयोग गर्दछन्।
- सातौ र सवैभन्दा महत्वपूर्ण विशेषता भनेको गरिबीमा रहेका व्यक्तिहरु भविष्यप्रति उन्मेद र आकाब्क्षा राख्नेक्षमतामा ह्रास आँउछ । पुस्तेनी गरिबी रहेमा उसले भविष्यप्रति कुनैआशा
देख्न सक्तैन र Aspiration Fail कोअवस्थामा पुग्छ । जुन मानव विकासका सन्दर्भमा निकै खतरापूर्ण मानिन्छ ।
गरिबीको मापन र गरिबी रेखा
- गरिबीको रेखा (Poverty Line)
- निरपेक्ष र सापेक्ष गरिबी (Absolute vs relative poverty)
- अत्यावश्यक आवश्यकता मूल्य सूचक (Cost of Basic Need Approach : CBN)
- मानव विकास सूचकाब्क (Human Development Index: HDI)
- मानवीय गरिबी सूचकाब्क (Human Poverty Index : HPI)
- गरिबी बहुसूचकांक (Multiple Poverty Index: MPI)
- प्रतिनिधि मान सूचक (Proxy Mean Test)
गरिबको विशेषता
• Low Income
• Low Education
• Poor Housing condition
• Expenditure (70 % in consumption)
• Large family size
• Property (LND)
• Limited aspiration (goal)
• Proud to ask for help
बहुआयामिक गरिबी सूचक (Multiple Poverty Indicators)
आयाम (Dimension) सूचक (Indicators)
स्वास्थ्य (Health) • Child Mortality
• Nutrition
शिक्षा (Education) • Years of schooling
• Children enrolled
जीवनस्तर (Living Standards) • Cooking fuel
• Toilet
• Water
• Electricity
• Floor
• Assets
मानवीय गरिबी सूचकांक (Human Poverty Index : HPI)
- आयु (Longevity): ६० वर्षभन्दा कम उमेर बाच्ने जनसंख्याको प्रतिशत ।
- साक्षरता (Litercay): १५ वर्षभन्दा मुनिका बालबालिका जो विद्यालय जादैनन्र दैनिक आवश्यकताका लागि सामान्य लेखपढ गर्न सक्तैनन्।
- जीवनस्तर (Standard of living) गरिबीको रेखामुनि रहेका जनसंख्याको प्रतिशत । औसत आयको ५० प्रतिशत (50% of the median disposable income) ।
- बञ्चितीकरण (Exclusion): १२ महनिादेखि काम नपाई बेरोजगार रहेका श्रमशक्तिको प्रतिशत ।
प्रतिनिधि मान परीक्षण (Proxy Mean Test : PMT)
- नेपालले गरिबी पहिचन गरी परिचय पत्र वितरण गर्ने कार्यका लागि १८ वटा परिसूचकलाईआधारमानी त्यसकोपरीक्षणलाईआधार मानेकोछ ।
- यसमा जनसाख्यिक मानवीय अवस्था (४), बसोवास भएको घरको अवस्था (४), घरायसी सुविधा (४), घरायसी सम्पत्ति (३), भौगोलिक अवस्था (२), जातजातिगत गरिबी (१) कोविश्लेषण गरिएकोछ ।
- यस विधिबाट
- पहिलो चरणमा २५ जिल्लाका १२,४०,३५० घरपरिवारमध्ये ३,९१,८३१ घरपरिवार मानिएको छ । उक्त गरिबमध्ये१८८,२२६ लाई अति गरिब, १,१९,७६१ लाई मध्यम
गरिब र ८३,८४४ लाई सामान्य गरिब भनी बर्गीकरण गरी क्रमशः रातो, पहेलो र निलोरंगकोपरिचय पत्र निर्धारण गरिएकोछ । नेपाल सरकारले२०७४ श्रावण १२ मा गरेको निर्णय गरी अन्तराष्ट्रिय गरिबी निवारण दिवस (१७अक्टोवर) मा विवरण सार्वजनिक ।
- दोस्रो तथा तेस्रो चरणमा गरी ४९ जिल्लामा गरिवी पहिचान, ६ लाख १५ हजार परिवार गरिब ।
- सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालन हुने गरिब लक्षित कार्यक्रमहरुको आधार यही बस्तुगत सूचकलाई मानिनेछ ।
गरिब पहिचानको आय विधि
• International Poverty Line (IPL) : 1.90 US $ a day income (extreme poverty) /lower income countries
• Higher absolute poverty Line
– Lower middle income countries (LMICs) = 3.20 US $ a day
– Upper middle income countries (UPMICs) = 5.50 US $ a day)
• Societal Poverty Line (SPL) = max
(1,90,1.00+0.5*median) (combination of absolute and relative poverty)
• Multiple Poverty Index (MPI) : Health-2, education- 2, living standards-6
गरिबी सर्वेक्षण विधि
- पारिवारिक बजेट वा आयव्यय सर्वेक्षण (Income and Expenditure/Budget Survey)
- जीवनस्तर मापन सर्वेक्षण (Living Standard Survey)
- जनसाख्यिक र स्वास्थ्य सर्वेक्षण (Core and Model Design)
- विशेष मोडेल डिजायन (Core and Model Design)
नेपालमा गरिबी
- वि सं २०३३ मा गरिबीको रेखामुनिका जनसंख्या ३३ प्रतिशत थिए ।
- छैठौं योजनामा ४२ प्रतिशत पुग्यो ।
- सातौ योजनामा यो संख्या ४९ प्रतिशतसम्म पुग्यो ।
- आठौं योजनादेखि गरिबी निवारण गर्ने उद्देश्य स्थापना गरियो ।
- नवौ योजनाले वा¥हौ योजनासम्म गरिवीलाई १० प्रतिशतमा झार्ने लक्ष्य ।
- दशौ योजनाले गरिबी निवारण एकल उद्देश्य राख्यो । योजनाले गरिबीका तीन
- आयम उल्लेख गरी परिभाषा ग¥योः
– आय गरिबी
– मानवीय गरिबी
– सामाजिक बञ्चितीकरण
- त्यस पछिका सवै योजनाले गरिबी निवारणको लक्ष्य राख्दै आएका ।
- हाल राष्ट्रिय गरिबीका रेखामुनिका जनसंख्या १६.७ प्रतिशत ।
नेपालमा गरिवीको अवस्था
- क्षेत्रीय रुपमा सुदूर पश्चिामाञ्चल विकास क्षेत्रमा गरिबीकोदर, विषमता र गहनता सवैभन्दा उच्च छ (४६ प्रतिशत गरिव) ।
- भाैगोलिक/धरातलीय स्वरुपमा हिमालमा सवैभन्दा बढी (४२ प्रतिशत) र पहाड तराइमा सोभन्दा निकै कम (२४ प्रतिशत) गरिब वसोवास गर्दछन्।
- शहरमा १५.४६ र पहाडमा २७.४३ प्रतिशत मानिस गरिबीकोरेखामुनि छन्।
- पहाडी शहरी क्षेत्रमा गरिबकोसंख्यामा निकैकमी (९ प्रतिशत) छ भने तराइका शहरमा सो संख्या निकै बढी (२२ प्रतिशत) छ ।
- माैसम/सिजनका आधारमा हेर्दा सुख्खा याम (फागुण जेठ) मा गरिवीकोप्रतिशत बढी (२६.६२ प्रतिशत)
- देखिन्छ भनेजाडोयाम (कात्र्तिक माघ) मा सोसंख्या केही तल (२२.८ प्रतिशत) देखिन्छ ।
- परिवारकोआकारमा बृद्धि हुँदा गरिवी पनि बढ्ने गरेको छ । जस्तो कि एकजना मात्र भएको परिवारमा गरिवीको दर ३ प्रतिशत छ भने १ जना परिवार संख्या थप हुँदा ६ प्रतिशत गरिवी बढ्छ भने ७ जनाभन्दा बढी परिवार संख्या हुँदा ३८ प्रतिशतसम्म देखिएको छ ।
- परिवारमा बालकहरु (०—६) कोसंख्या बढ्दा गरिवीकोअनुपात पनि बढ्नेगरेकोछ (१२.३१) ।
- महिला घरमुली भएकोपरिवारमा गरिबी कम छ (पुरुष २४.५ प्रतिशत, महिला २३.६ प्रतिशत) ।
- परिवारकोशैक्षिक स्तर बृद्धिसंगैगरिबी घटेकोछ (निरक्षरमा ३३ प्रतिशत, माध्यमिक शिक्षा ६ प्रतिशत) ।
- कृषि व्यवसायीमा अन्य पेशामा लागेका भन्दा बढी गरिब छन (४० प्रतिशत र ६ प्रतिशत क्रमशः) ।
- सार्वजनिक सुविधामा पहूँचकोस्तरसंग गरिबीकोप्रत्यक्ष सम्बन्ध देखिएकोछ (के. त. वि. २०६८) ।
- वैदेशिक रोजगारीमा जानेहरुमध्ये७६ प्रतिशत व्यक्तिहरु अर्धदक्ष छन् (वैदेशिक रोजगार विभाग) ।
पन्ध्रौ योजना गरिबीः
- पन्ध्रौ योजना तयारीका सम्बन्धमा गरिएको विश्लेषण अनुसार १८.७ प्रतिशत व्यक्ति गरिबीकोरेखामुनि थिए
- पन्ध्रौ योजनाका लक्ष्यः गरिबीको रेखामुनिको संख्याः ९.५ प्रतिशतमा झार्ने ।
मौजुदा अवस्था
- गरिबीको रेखामुनिको जनसंख्या १५.१ मा झरेको अनुमान छ (आर्थिक सर्भेक्षण २०८०)
- हाल गरिबी बहुसूचकांक (MPI): राष्ट्रिय औसत १७.४
- तर गरिबीको वितरण असमान छ । प्रदेशगत रुपमा कर्णालीको सूचकांक उच्च ३९.५ छ भने सुदूर पश्चिम २५.३, मधेश प्रदेश २४.२ र सबैभन्द कम बाग्मतीको ७ प्रतिशत छ ।
- पन्ध्रौ योजनाको गरिबीको रेखामुनिको ९.५ र गरिबी बहुसूचक ११.५ को राष्ट्रिय लक्ष्य प्राप्त नहुने अवस्था छ ।
- गरिबीका नयाँस्वरुप पनि देखिदै छन् । जस्तो जलवायु, शारणार्थी, डिजिटल गरिबी, प्रविधिगत गरिब, सामाजिक एकान्तीकरण आदि ।
नेपालमा गरिबी निवारणका प्रयासहरु
- तीसको दशकमा नया शिक्षा र एकीकृत विकास आयाेजनाहरु सञ्चालन
- विकेन्द्रीकरण र जिल्ला विकास योजना
- सातौ योजनामा आधारभूत आवश्यकता परिपूर्ति गर्ने कायर्क्रम सञ्चालन
- आठौं योजनाबाट उदारीकरण मार्फत गरिबी निवारण
- नवौ योजनामा दीर्घकालीन कृषि योजना
- दशाै योजनाले गरिबी न्यूनीकरणको रणनीति (PRSP) अवलम्वन ।
– यसले गरिबीको
– परम्परागत परिभाषा बदली नया परिपाटीबाट विश्लेषण (क) आय
– गरिबी, (ख) मानबीय गरिबी र (ग) सामाजिक बञ्चितीकरण)
– गरिबी निवारणका लागि सञ्चालन हुने आयाेजना/कार्यक्रमा प्राथमिकीकरण गर्ने आधार स्थापना ।
– गरिबी अनुगमनको व्यवस्था (PMAS,DPMAS)
– रणनीतिक प्राथमिकताका आयाेजना/कार्यक्रममा साधन सुनिश्चित गर्न मध्यकालीन खर्च संरचना लागू ।
किन गरिबी अपेक्षित रुपमा न्यूनीकरण हुन सकेन?
- गरिबीको बहुआयामिकतालाई संवोधन हुननसक्नु ।
- न्यून आर्थिक बृद्धिदर र अर्थतन्त्रको संरचनात्मक अवरोध ।
- गरिबीको खास कारण नै पहिचान नगरी औपचारिक कार्यक्रम लागू ।
- गरिबको पहिचानमा नै समस्या ।
- कार्यकम, नीति, बजेटबीचको तार्किक आवद्धता नहुनु ।
- स्थायी समाधान (क्षमता विकास) भन्दा पटके कार्यक्रम (वितरण) मा ध्यान ।
- गरिबहरुलाई परिचालन गर्नमा भन्दा कार्यक्रम (Input) मा ध्यान जानु ।
- Populist कार्यक्रम कार्यान्वयनमा ल्याइनु ।
- प्राथमिकीकरणमा समस्या
- कोभिड, प्रकोप तथा अन्य विपदको सामना ।
गरिबी न्यूनीकरणका उपायहरु
- गरिबको पहिचान
- गरिबीका कारणहरुको पहिचान
- सार्वजनिक खर्च (लगानी) को प्राथमिकीकरण
- अर्थतन्त्रको लगानीको प्राथमिकीकरण
- गरिबहरुको परिचालन (सीप विकास र सशक्तीकरण)
- सीपमूलक शिक्षा
- लक्षित कार्यक्रम
- स्थानीय संभावना र स्रोतको उपयोग
- नीति तथा कार्यक्रमहरुबीच समन्वय
- कोभिड तथा विपद प्रभावितलाई सहुलित र पुनरुत्थान प्याकेज
- प्रभावकारी अनुगमन ।
गरिबी निवारणका कार्यक्रम
- रोजगार प्रत्याभूति ऐन, २०७५
- प्रधानमन्त्री रोजगारी कार्यक्रमकोकार्यान्वय ।
- सामाजिक सुरक्षा कोष (स्कीम बन्दैगरेको) ।
- गरिबसँग विश्वेश्वर कार्यक्रम (२०५६/५७ बाट)
- कवुलियती बन । साना उद्यमशीलतामार्फत गरिबी निवारण कार्यक्रम
- ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम
- स्थानीय अग्रसरतालाई सीपसँग जोड्नेकार्यक्रम (सन्१९९७ बाट अछाम, दैलेख, जाजरकोट र कालिकोटमा) ।
- सीमा क्षेत्र विकास कार्यक्रम
- नेपाल खाद्य संकट समाधान कार्यक्रम
- स्थानीय शासन र समुदाय परिचालन कार्यक्रम (PLGSP)
- अन्य लक्षित कार्यक्रम (महिला, प्रजा, सीप विकास, अनुदान, दलित आदि) ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 353