चीनमा ५.९ म्याग्निच्युडको भूकम्प जादा १०० भन्दा धेरैको मृत्यु - Chaitanya News
  • 2026-05-28
  • 00:06:26
  • बुधबार,जेठ १३, २०८३
  • चीनमा ५.९ म्याग्निच्युडको भूकम्प जादा १०० भन्दा धेरैको मृत्यु

    चीनमा ५.९ म्याग्निच्युडको भूकम्प जादा १०० भन्दा धेरैको मृत्यु

    काठमाडौँ– चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन्।

    गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले त्यहाँ र नजिकैको छिङहाई प्रान्तमा धेरै भवनहरू ध्वस्त पारेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण ९युएसजीएस०अनुसार भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रबिन्दु बनाएर ५.९ म्यागनिच्युडको गएको बीबीसी समाचारमा जनाइएको छ।

    मंगलबार बिहानैदेखि भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी छ। देशको केन्द्र सरकारले उद्धार टोली पठाएको छ जसले स्थानीय उद्धार टोलीलाई सहयोग गरिरहेको छ।

    सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार गान्सुमा ८६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन्। छिङहाईमा नौ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

    घटनास्थलबाट भिडियो फुटेज बाहिर आएको छ जसमा उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्।

    गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६।६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।

    .