काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।