धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितका लागि राहत दिने निर्णय गरेको छ।
भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रुपैयाँ दिने निर्णय गरिएको जनाइएको छ।
गएको मंगलबार राति र बुधबार बिहान डोटी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ। प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए।
बुधबार गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा सातजनाको मृत्यु भएको छ। पाँचजना घाइते छन्।