कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-05-28
  • 01:15:55
  • बुधबार,जेठ १३, २०८३
  • कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (मंगलबार) का नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

    आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

    यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३४ पैसा रहेको छ।

    यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।