नेपाल राष्ट्र बैंकले आज १४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै - Chaitanya News
  • 2026-07-13
  • 04:25:27
  • आइतबार,आषाढ २८, २०८३
  • नेपाल राष्ट्र बैंकले आज १४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै

    नेपाल राष्ट्र बैंकले आज १४ अर्ब ३३ करोडको ट्रेजरी बोलकबोल गर्दै

    काठमाडौं– नेपाल राष्ट्र बैंकले १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। बैंकले आज (सोमबार) जारी गर्नेगरी २८ दिने र १८२ दिने गरी कूल १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो।

    यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो। बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनेका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनेका लागि ६ अर्ब ३३ करोड रुपैयाँ नवीकरण गरिनेछ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन्। ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ।

    यसअघि केन्द्रीय बैंकले मंसिर २५ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।