जाडोयाममा कस्तो पानी पिउने? चिसो, मनतातो कि अत्यधिक तातो? - Chaitanya News
  • 2026-07-17
  • 08:06:15
  • शुक्रबार,साउन ०१, २०८३
  • जाडोयाममा कस्तो पानी पिउने? चिसो, मनतातो कि अत्यधिक तातो?

    जाडोयाममा कस्तो पानी पिउने? चिसो, मनतातो कि अत्यधिक तातो?

    काठमाडौं– जाडोयाममा अत्यधिक चिसो हुने भएकाले अचेल प्रायः सबै मानिस पानी अत्यधिक कम पिउँछन्। यसको अर्को पनि कारण छ, जाडोयाममा हामीलाई कम मात्रामा प्यास लाग्छ।

    यद्यपि, जाडोयाममा पनि पानीको आवश्यकता शरीरलाई उत्तिकै हुन्छ। पानीको कमीले शरीरमा विभिन्न किसिमले नोक्सान पुर्याउन सक्छ।

    जब शरीरमा पानीको कमी हुन्छ, तब सेल्सले दिमागलाई संकेत पठाउँछ, जसले किड्नीलाई रगतबाट कम पानी निकाल्ने सूचना प्राप्त हुन्छ।

    रगत फिल्टर गर्नका लागि किड्नीलाई पर्याप्त तरल पदार्थको आवश्यकता हुन्छ। यस्तो अवस्थामा पानीको कमीले शरीरमा विषाक्त तत्व बढाउँछ, जसको असर सम्पूर्ण अंगको कार्य क्षमतामा पर्छ। जसले शरीरको इलेक्ट्रोलाइट सन्तुलन बिग्रन सक्छ।

    कमजोर प्रतिरोधक क्षमता:

    संक्रमणको प्रमुख कारण जीवाणु अथवा भाइरस हुन्छ। तर पानीको कमीले शरीरलाई रोगसंग लड्न प्रतिरोधक क्षमता कमजोर हुन्छ। जसले घाँटि अथवा यूटीआई जस्ता अंग संक्रमणको चपेटामा आउने खतरा बढ्छ। जसले गर्दा घाँटि खराब हुने, खोकि र ज्वरोको लक्षण देखिन्छ।

    जाडोयाममा कस्तो प्रकारको पानी पिउँदा के हुन्छ?
    चिसो पानी:

    जाडोयाममा चिसो पानी पिउनाले पाचन प्रणालीलाई नोक्सान पुर्याउँछ। चिसो पानी पिउनाले आमाशय मन्द हुन्छ, जसले भोजन सही तरिकाले पच्न पाउँदैन। जसले अपच, ग्यास, कब्जियत, एसिडिती जस्ता समस्या हुन्छ। चिसो पानीले कफको समस्या बढाउँछ। कफका कारण नाक, घाँटि तथा फोक्सोमा कफ जम्छ। जसले सास फेर्न गाह्रो हुन्छ। चिसो पानीले रुघा–खोकि र घाँटि खस्खसाउने जस्ता समस्या पनि हुन्छ।

    मनतातो पानी:

    मनतातो पानी पाचन प्रणालीका लागि फाइदाजनक हुन्छ। मनतातो पानीले आमाशयलाई बलियो बनाउँछ, जसले भोजन सजिलै पच्छ। मनतातो पानीले कब्जियतको समस्या कम गर्न सहयोग पुर्याउँछ। मनतातो पानी बिहान उठेर खाली पेटमा पिउनु अति नै राम्रो मानिन्छ। यसो गर्नाले शरीरमा उर्जा सञ्चार हुन्छ र दिनभरी ताजा महसूस हुन्छ।

    तातो पानी:

    तातो पानीले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्याउँछ। तर यदि तातो पानी अत्यधिक तातो भयो भने कब्जियतको कारण बन्न सक्छ। त्यसैले अत्यधिक तातो पानी कहिले पनि बढी मात्रामा पिउनु हुँदैन। अत्यधिक तातो पानी त्यस्ता मानिसका लागि उपयुक्त हुन्छm जसको पाचन शक्ति कमजोर हुन्छ र कफको समस्या हुन्छ। यसबाहेक जसमा नाक, घाँटि र फोक्सोसंग सम्बन्धित समस्या हुन्छ। त्यस्तै मोटोपनको समस्या अथवा जोर्नी दुख्ने समस्या भएका मानिसमा पनि अत्यधिक तातो पानी पिउनु फाइदाजनक हुन्छ।