१६ सिडिओ र एक महानिर्देशकसहित २५ सहसचिवको सरुवा ( सूची सहीत) - Chaitanya News
  • 2026-05-04
  • 12:27:57
  • सोमबार,बैशाख २१, २०८३
  • १६ सिडिओ र एक महानिर्देशकसहित २५ सहसचिवको सरुवा ( सूची सहीत)

    १६ सिडिओ र एक महानिर्देशकसहित २५ सहसचिवको सरुवा ( सूची सहीत)

    काठमाडौँ– गृह मन्त्रालयले आज दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरकोछ ।आज ( शुक्रवार) १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुकोको सरुवा तथा पदस्थापन गरेको हो।

    मन्त्रालयले पाल्पा, कपिलवस्तु, सुर्खेत, भोजपुर, उदयपुर, मोरङ, पर्सा, रौतहट, गोरखा, कैलाली, नवलपरासी (पश्चिम), बैतडी, बर्दिया, सल्यान, सिन्धुली र स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दै रिक्त जिल्लाहरुमा पनि सरुवा तथा पदस्थापन गरेको छ।

    चर्चित सहसचिव प्रेम प्रसाद भट्टराई मोरङको सिडिओ भई गएका छन् भने त्यहाँका वीरेन्द्र कुमार यादव गृह मन्त्रालय ल्याइएको छ। भट्टराई मंसिर पहिलो साता गृह प्रवेश गरेका थिए। त्यसैगरी सोही लटमा अर्थ र सामान्यबाट गृह पुगेका आनन्द काफ्ले र नारायण प्रसाद अर्याललाई पाल्पा र प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

    यसैगरी राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट सरुवा भई आएका भरत खनाललाई सिन्धुलीको प्रजिअ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका भोला दाहाललाई जिल्ला प्रशासन कार्यालय गोरखाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ। सोही लटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आएकी स्किम श्रेष्ठ भने मन्त्रालयमै पदस्थापन भएकी छिन।