शिक्षा विधेयक ल्याउन ढिलाइ ढिलाइ भईरहेको छ : कानूनमन्त्री गुरुङ - Chaitanya News
  • 2026-11-19
  • 15:40:44
  • बिहिबार,मंसिर ०४, २०८३
  • शिक्षा विधेयक ल्याउन ढिलाइ ढिलाइ भईरहेको छ : कानूनमन्त्री गुरुङ

    शिक्षा विधेयक ल्याउन ढिलाइ ढिलाइ भईरहेको छ : कानूनमन्त्री गुरुङ

    काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन्।

    आज (शुक्रवार) काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका हुन्। यस्तै उनले नेपाललाई एजुकेशनल हब बनाउन सके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्न सके नेपालको स्तर माथि उठ्ने दाबी गरे।

    उनले शिक्षा विधेयक ल्याउन प्रसव पीडा भोग्नुपरेको बताए। उनले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरूसँग छलफल गरी संसदीय समितिमा रहेको बताए। उनले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाइ भइरहेको पनि बताए।

    मन्त्री गुरुङले भने, ‘नेपाललाई एजुकेशनल हब बनाउन सके यहीँ आउँछन्। गुणस्तरीय शिक्षा प्रदान गर्न सके विदेशी विद्यार्थी यहाँ आउँछन्। कहिलेकाही उनीहरूका अभिभावक पनि आउँछन्। त्यसले देशलाई माथि उठाउने काम गर्ला नि। यसतर्फ हाम्रो ध्यान जानुपर्छ। शिक्षा विधेयक ल्याउन गाह्रो भइरहेको छ।’