1. एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत धनुषा जिल्ला पर्दछ । जिल्ला के उत्पादनको लागी तोकीएको छ ?
A. आँप B. बेसार C. माछा D. केरा
2. 70 मेगावाटको मध्यमर्स्याङ्गी जलबिद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
A. लमजुङ B. तनहुँ C. स्याङ्गजा D. जाजरकोट
3. कार्यालय समय 10 बजे देखि छ बजेसम्म बनाउने ब्यक्ति देव शमशेर हुन भने कार्यालय समय 10-4 गराउने चलन कुन प्रधानमन्त्रीले गरेका हुन ?
A. जुद्ध शंसेर B. भीम शंसेर C. पद्म शंसेर D.बीर शंसेर
4. रेबीज रोग बिरुद्धको खोपका आविष्कारक को हुन् ?
A. लुई पाश्चर B. चार्ल्स डार्बिन C. माइकल फाराडे D.न्युटन
5. सार्क बिश्वबिद्यालय भारतमा रहेको छ भने संयुक्त राष्ट्रसंघिय बिश्वबिद्यालय कहाँ रहेको छ ?
A. स्वीजरल्याण्ड B. बेलायत C. क्यानडा D. जापान
6. साइटिस (CITES) सँग सम्बन्ध राख्ने तथ्यहरु तलका मध्ये कुन र कुन हुन् ?
1.लोप हुन लागेका खतरामा परेका बन्यजन्तुको संरक्षण सम्बन्धी महासन्धी
2.सन् 1964 देखि रेड डाटा बुकू प्रकाशन
3.प्रधान कार्यालय स्वीजरल्याण्डको ग्ल्याडमा रहेको
A.1 र 3 B. 1 र 2 C. 2 र 3 D. माथिका सबै
7. बैंक अफ दि इयर (bank of the year) 2023 बाट नेपालको कुन बैंक पुरस्कृत भयो ?
A, NMB B. Nepal Investment C. Standard Charterd D. Prabhu Bank
8. ४ लाख राशीको मदन पुरस्कार,2079 कसलाई प्रदान गरिएको छ ?
A.योगेश राज B.घनश्याम कडेँल C. विवेक ओझा D. सुविन भटराई
9. धरान–धनकुटा राजमार्गको निर्माणमा बेलायतले सहयोग गरेको हो, पोखरा देखि सुनौली जोड्ने सिद्धार्थ राजमार्ग को निर्माणमा भारतले सहयोग गरेको हो भने नौबिसे – पोखरा पृथ्वी राजमार्ग०कुन देशको सहयोगमा बनेको हो ?
A. अमेरिका B. चिन C. भारत D. रुस
10. प्रकाशले १ बर्षमा पार गर्ने दुरीलाई प्रकाश बर्ष भनिन्छ भने प्रकाशले प्रति सेकेन्ड कति दुरी पार गर्छ ?
A. 1 लाख कि.मि. B. 2 लाख कि.मि. C. 3 लाख कि.मि. D. 4 लाख कि.मि.
11. नेपालको प्रमाणिक समय निर्धारण गर्नुभन्दा अघि झापा र कन्चनपुरको समयमा 32 मिनेटको समय फरक थियो भने नेपालको समय देश भरी एउटै हुने गरी प्रमाणीक समय कहिले निर्धारण गरिएको हो ?
A. 2043.1.1 B. 2040.1.1 C. 2046.1.1 D. 2042.1.1
12. रामसार सूचीमा सुचिकृत नेपालका 10 स्थान मध्ये क्षेत्रफलको हिसाबमा कास्कीका 9तालले सबैभन्दा धेरै क्षेत्रफल 26,106 हेक्टर ओगट्दछन भने सबैभन्दा कम क्षेत्रफल ओगट्ने स्थान कुन हो ?
A. जगदीशपुर ताल B. माई पोखरी C. शे-फोक्सुन्डो ताल D.घोडाघोडी ताल
13. दोस्रो बिश्वयुद्धमा सबैभन्दा अन्तिममा आत्मसमर्पण गर्ने देश कुन हो ?
A. जर्मनी B. बेलायत C. जापान D. अष्ट्रिया
14. सर्वप्रथम भिक्टोरिया क्रस पाउने नेपाली को हुन ?
A. करण बहादुर राना मगर B. कुलवीर थापा
C. तुलबहादुर पुन D.शेयर बहादुर थापा
15. बिभिन्न पर्वमा पोल खोल्ने ब्यक्तिहरु को-को हुन रु जोडा मिलाउनुहोस्।
A. लाइब्रेरी पर्व 1. लक्ष्मणराज
B.भण्डारखाल पर्व 2. रामचन्द्र अधिकारी
C.प्रचण्ड गोर्खा पर्व 3. पण्डित बिजयराज
D.38 सालको पर्व 4. उत्तरध्वज खवास
A. a-2, b-3,c-1,d-4 B.a-4,b-3,c-1,d-2
C. a-4,b-3,c-2,d-1 D.a-3,b-1,c-2,d-4
16. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
1. १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथि रेखा भनिन्छ ।
2. दक्षिण ध्रुवको तुलनामा कम ठण्डा छ ।
3.सबै देशका ग्रीन वीच मिनटाईम एउटै हुन्छ ।
4. अरेवियन मरुभूमी संसारको सबैभन्दा ठूलो मरुभूमी हो ।
A. १ मात्र सहि B. १ र ३ मात्र सहि C. १ र २ मात्र सहि D. १ र ४ मात्र
17. त्रिपूरा हिउचँचुली कुन हिमशृखला अन्रर्गत पर्दछ ।
A.काञ्जिरोवा B. जगदुल्ला C. निलगिरी D. दामोदर
18. मालती चोक निर्माण कसले गरेका हुन ?
A. भूपतिन्द्र मल्ल B. जयज्योती मल्ल C. प्रताप मल्ल D. जयप्रकाश मल्ल
19. सर्वप्रथम महाराजधिराज पदवी धारणा गर्ने राजा को हुन् ?
A. अंशुवर्मा B. नरेन्द्रदेव C. पृथ्वीनारायण शाह D. मानदेव
20. इजरायल–हमास युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?
A. अमेरिका B. जापान C. भारत D. चीन
उत्तरहरुः
1. C 11. D
2. A 12. B
3. B 13. C
4. A 14. B
5. D 15. A
6. B 16. B
7. D 17. A
8. C 18. A
9. B 19. A
10. C 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100