नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने - Chaitanya News
  • 2026-05-29
  • 01:13:41
  • बिहिबार,जेठ १४, २०८३
  • नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

    नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो।

    केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ। घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

    ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।