गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई देउवाको आह्वान - Chaitanya News
  • 2026-04-25
  • 22:05:22
  • शनिबार,बैशाख १२, २०८३
  • गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई देउवाको आह्वान

    गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई देउवाको आह्वान

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। बिहीबार अपील जारी गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनु आवश्यकता रहेको बताएका हुन्।

    ‘अहिले कतिवटा सिट संख्यामा कांग्रेस आफैले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्ने भन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन म पार्टीका सबै तहका साथीहरूलाई हार्दिक अपील गर्दछु’, देउवाले भनेका छन्। साथै उनले सम्पूर्ण मतदाता नेपाली दिदी बहिनी दाजुभाइहरुलाई पनि गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपील गरेका छन्।