चालु आर्थिक वर्षको पहिलो चार महनिामा नै ९६ अर्ब बचतमा, शोधनान्तर बचत डेढ खर्ब नजिक - Chaitanya News
  • 2026-05-29
  • 01:12:55
  • बिहिबार,जेठ १४, २०८३
  • चालु आर्थिक वर्षको पहिलो चार महनिामा नै ९६ अर्ब बचतमा, शोधनान्तर बचत डेढ खर्ब नजिक

    चालु आर्थिक वर्षको पहिलो चार महनिामा नै ९६ अर्ब बचतमा, शोधनान्तर बचत डेढ खर्ब नजिक

    काठमाडौं– चालु आर्थिक वर्ष (आव)को पहिलो चार महनिामा नै चालु खाता बचत करिब १ खर्ब नजिक पुग्दा शोधनान्तर बचत करिब डेढ खर्ब पुगेको छ।

    नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८०–८१ को ४ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदमा उक्त विवरण सार्वजनिक गरेको हो।

    कात्तिक मसान्तसमम चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३७ अर्ब ७९ करोडले घाटामा रहेको चालु खाता चालु आर्थिक वर्षमो उल्लेख्य रुपमा बचतमा देखिएको छ। अमेरिकी डलरमा चालु खाता ७२ करोड ५१ लाखले बचतमा रहेको छ।

    कात्तिक मसान्त सम्ममा पूँजीगत ट्रान्सफर ४६।६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड कायम भएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रहेको छ। गत आवको सोही अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रहेको थियो।

    चालु खाता मात्रै नभएर शोधनान्तर बचत पनि उल्लेख्य रुपमा बढेको छ। कात्तिक मसान्तमा शोधनान्तर स्थिति १४७ अर्ब ११ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमो शोधनान्तर १ अर्ब ११ करोडले बचतमा रहेको छ।