लिङदेन आज मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्दै - Chaitanya News
  • 2026-10-11
  • 22:47:10
  • आइतबार,आश्विन २५, २०८३
  • लिङदेन आज मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्दै

    लिङदेन आज मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्दै

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले आज राप्रपा मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्।

    अध्यक्ष लिङदेनले पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ नम्बर वडाको जुरेली खेल मैदानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ।

    आज हुने चुनावी सभालाई अध्यक्ष लिङदेनसहित राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंह, प्रदेशसभा सदस्य उम्मेदवारहरू गुञ्जनबहादुर न्यौपाने र सागर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ।