महानगरले प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ - Chaitanya News
  • 2026-07-17
  • 08:06:14
  • शुक्रबार,साउन ०१, २०८३
  • महानगरले प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

    महानगरले प्रहरीले जफत गर्न थाल्यो सुर्तीजन्य पदार्थ

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पसलहरूमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ।

    काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरूको अनुगमन सुरु गरेको हो।

    महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ। बिहीबार बिहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडीबुटी र कोटेश्वर क्षेत्रबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीले जनाएको छ।

    महानगर प्रहरीले अनुगमनका लागि १०र१० जनाको पाँच टोली परिचालन गरेको छ। त्यस्तै सादा पोसाकमा पनि प्रहरी परिचालन गरेको छ।