यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिमआज स्वदेश फर्किंदै - Chaitanya News
  • 2026-10-06
  • 04:10:34
  • सोमबार,आश्विन १९, २०८३
  • यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिमआज स्वदेश फर्किंदै

    यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिमआज स्वदेश फर्किंदै

    काठमाडौं– यू–१९ एसिया कप खेल्न यूएई गएको नेपाली टिम बुधबार स्वदेश फर्किँदैछ। नेपाली टिम राति ९ बजे नेपाल आइपुग्ने तालिका रहेको छ।

    नेपालले यु–१९ एसिया कपको समूह ए मा टेष्ट मान्यता प्राप्त भारत, पाकिस्तान र अफगानस्तानसँग खेलेको थियो। जसमा तीनवटै खेलमा हार ब्योहोर्दै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

    नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट, दोस्रो खेलमा अफगानस्तानसँग ७३ रन र अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो।