काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आफुले मन्त्रालय सम्हालेपछि देशको आर्थिक अवस्था ठिक हुँदै गएको बताएका छन।
आज (बुधबार) मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले मौद्रिक नीति समीक्षामार्फत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सहयोग मिलेको समेत बताए।
उनले भने, ‘यो लामो प्रयासपछि भएको हो। नेपालको अर्थतन्त्र ठिक छैन र अप्ठ्यारो छ भन्ने अहिले हटेको छ। पुँजीगत खर्च ६ प्रतिशतले बढेको छ। समग्रमा ४ प्रतिशत राजस्व सङ्कलनमा सुधार भएको छ। बैंकहरूले व्याज घटाउँदै गएका छन्। शेयर बढ्दै गएको छ। भने, जग्गाको कारोबार पनि बढेको छ।
जनतालाई राहत पुग्नेगरी सहयोग लिने गरी विदेशी सहयोग नीतिका लागि काम अगाडि बढेको महतको भनाइ छ।
लगानी सम्मेलनअघि लगानीको वातावरणमा वाधकको खोजी गरी समाधानको उपाय अवलम्वन गरिने अर्थमन्त्रीले बताए।
![]()
![]()
![]()