चुनावमा खटाएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने - Chaitanya News
  • 2026-10-11
  • 18:59:52
  • आइतबार,आश्विन २५, २०८३
  • चुनावमा खटाएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने

    चुनावमा खटाएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने

    काठमाडौं– आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ। आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ। जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन्।

    सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन्। १ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन्।