लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोल्यो (विज्ञापन सहीत) - Chaitanya News
  • 2026-05-04
  • 11:35:07
  • सोमबार,बैशाख २१, २०८३
  • लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोल्यो (विज्ञापन सहीत)

    लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन खोल्यो (विज्ञापन सहीत)

    काठमाडौँ– लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)को विज्ञापन खोलेको छ। आयोगले एक सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो।

    आयागले सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता लगायत पदका लागि २७३ जनाको विज्ञापन खोलिएको छ।

    इच्छुक योग्य व्यक्तिले पुस १७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ। दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ।

    हेर्नुस् विज्ञापन: