नेप्सेको अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई - Chaitanya News
  • 2026-07-13
  • 05:44:12
  • आइतबार,आषाढ २८, २०८३
  • नेप्सेको अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई

    नेप्सेको अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई

    काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई दिईएको छ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभागका महानिर्देशकको जिम्मेवारीमा रहेका पौडेललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्।

    अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भुपाल बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो। बराल वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख हुन् ।