प्रश्न नं. १ भुपरिवेष्ठित राष्ट्रको रुपमा नेपालले विकासको गतिमा विविध अवरोधहरुको सामना गर्दै आइरहेको छ । भुपरिवेष्ठित राष्ट्रका अधिकारहरुसम्बध्द अन्तराष्ट्रिय सन्धि¸संझौता र सहमतिहरु तथा यस्ता देशहरुको विकासका एजेण्डाहरुलाइ समेत सम्बोधन गर्ने प्रयासहरु निरन्तर जारी छन् । तर पनि नेपालले भूपरिवेष्ठित देशहरुले प्राप्त गर्नुपर्ने पारवहन र अन्य अधिकारहरु प्राप्त गर्नमा सधैं समस्याहरु उत्पन्न हुने गरेको देखिन्छ । उत्तर र दक्षिण दुवैतिरबाट समुद्रसम्मको पारवहनलाइ खुला गर्ने गरी संझौता भएतापनि उत्तरतिर भौगोलिक र सांस्कृतिक जटिलता देखिएको छ । पारवहनका लागि भूराजनीतिक रुपमा पनि सहज मानिएको भारतसँगका पारवहन सम्बन्धी समस्यामा क्रमश सुधार हुँदै आएतापनि बन्दरगाह¸कार्गो ढुवानी¸पूर्वाधार¸ राजनीतिक तथा प्रशासनिक समन्वयको अभाव जस्ता विविध कारणहरुले गर्दा अझै पनि निकै सास्ती नेपाली पक्षले भोग्नुपरेको अवस्था छ ।
यस्तो अवस्थामा नेपालले भुपरिवेष्ठित देशको हैसियतले प्राप्त गर्ने पारवहन सम्बन्धी अधिकारहरु उल्लेख गर्दै उक्त अधिकारहरुको उपयोगका लागि अवको रणनीतिहरु के कस्ता हुनुपर्छ । नेपाल र भारतवीच आसन्न पारवहन वार्ताका लागि नेपालले जोडदार रुपमा उठाउनुपर्ने विषयसमेतलाइ समावेश गरी वार्ताका लागि एजेण्डाहरु तयार गर्नुहोस् । २५
१ परिचय खण्डः ३ वाक्य
भुपरिवेष्ठित देशको भूमिकामा रहँदा अन्तराष्ट्रिय कानूनप्रदत्त अधिकारहरुको उपयोगको सम्बन्धमा नेपालले विगतदेखि भोग्दै आएका विविध उतारचढावहरुको तथ्यगत प्रवृत्ति र वर्तमान अवस्थामा यससम्बन्धी मूल सवाल के हो ? यसको पहिचान
२ प्रश्नको संवोधन
- नेपालले भुपरिवेष्ठित देशको हैसियतले प्राप्त गर्ने पारवहन सम्बन्धी अधिकारहरु
- Right of access to the sea by all means of transport
- Right of innocent passage through the territorial sea and the 200 mile exclusive Economic zone
- Freedom of navigation
- Freedom of over flight
- Right to equal treatment to ships and vessels
- Right to exploit resources including of the sea bed and the high seas and participation in the SEZ
- Right to move traffic in transit without any duties
- Right to conduct research and exploration
(ख) उक्त अधिकारहरुको उपयोगका लागि अवको रणनीतिहरु
- ट्रान्जिट ट्रेडको अधिकार निरपेक्ष अधिकार नभइ दुइ देशवीचको समझदारीमा हुने विषय भएकोले यसका लागि यसका लागि अन्तराष्ट्रिय कानूनहरुले दिएका अधिकार उपयोग गर्नका लागि ट्रेड इन्टिलिजेन्स र ट्रेड डिप्लोमेसीको सबलीकरण गर्ने ।
- PROACTIVE TRANSIT DIPLOMACY अपनाउने ।
- दुइपक्षीय उपक्षेत्रीय क्षेत्रीय र बहुपक्षीय तहमा वार्ता र उपयोग गर्ने
- भियना प्रोगाम अफ एक्सन २०१४ लाइ राष्ट्रिय कार्यान्वयन योजना तयार गर्ने
- क्षेत्रीय स्तरमा ट्रान्जिट सम्झौताहरु गर्ने ।
- हाल भएका कनेक्टिभिटी नेटवर्कहरु जस्तै एशियन हाइवे SRMTC हरुको उपयोग गर्ने
- WTO SAFTA लगायतका वार्ताहरुमा ट्रान्जिटलाइ ब्यपार सहजीकरणको मुध्दाका रुपमा उठाउने ।
- दीगो विकासका एजेण्डाहरुसँग भूपरिवेष्ठित देशका अधिकारहरुपनि उठाउने ।
- WTO को ब्यपार सहजीकरण एजेण्डाः बाली प्याकेजको कार्यान्वयन ।
- ट्रान्जिटलाइ ब्यपार सहजीकरण र आर्थिक एकीकरणको रुपमा लिने मात्र अधिकारका रुपमा नलिने ।
- नेपाल भारत वीचको दुइपक्षीय ट्रान्जिट र बाणिज्य संझौतामा भएका समझदारी अनुरुप वाणिज्य र पारवहन सन्धिहरुको पुनरावलोकनलाई शिघ्र तार्किक टुंगोमा पुर्याउने तथा हाम्रो हितमा लबिङ तीब्र बनाउने ।
- वस्तुहरुको ट्रान्जिट र ओसारपसार लागत घटाउन सडक, रेलमार्ग, सुख्खा बन्दरगाह, सेज, गोदाम लगायत लजिष्टीक सम्बन्धी भौतिक पूर्वाधारको निर्माण, विकास र संचालनमा दातृ तथा निजी क्षेत्र समेतको लगानी बढाउनु पर्छ।
(ग) नेपाल र भारतवीच आसन्न पारवहन वार्ताका लागि नेपालले जोडदार रुपमा उठाउनुपर्ने विषयसहितको एजेण्डाहरु
- विद्यमान पारवहन सन्धिको पुनरावलोकन गर्दा विद्युतीय प्रणालीको उपयोगलाई अनिवार्य रुपमा अगाडि ल्याइनु पर्ने विषय
- सडकमार्गबाट हुने पारवहन र निर्यातमा समेत ट्रान्स्सिपमेन्ट मोडालिटी लगाउने विषयलाई समेत सन्धिमा समेट्नुपर्ने विषय
- नेपाल भारतवीच कृषि जन्य उत्पादनमा भन्सार कर नलाग्ने र भारतीय कृषिजन्य पदार्थको विषादी परीक्षणमा भारतले गर्ने अवरोध तथा नेपाली उत्पादनलाइ भरतले इच्छाअनुसार रोकावट सिर्जना गर्ने प्रवृत्तिका विषयमा
- भरतीय रेलमार्गसँग नेपालका प्रमुख औद्योगिक कोरिडोर नजिक भएका सुख्खा बन्दरगाहहरु वीरगंज बाहेक अन्य जोडिएका छैनन्। तिनलाइ जोड्नका लागि आवश्यक समन्वय गर्ने विषय
- नेपाली कार्गोले लामो, झन्झटिलो र पेपरमा आधारित पारवहनमा अझैपनि अल्झिनु परिरहेको विषय उठान गर्ने
- सन्धिको विद्यमान व्यवस्थाअनुसार तेस्रो मुलुकबाट आउने बल्क कार्गो वीरगन्ज–रक्सौल नाकासम्म मात्रै आउने गरेकोमा विराटनगर, भैरहवा र नेपालगन्ज नाकामा समेत बल्क कार्गो ल्याउन दिने गरी राजनीतिकस्तरमा सहमति र प्राविधिकस्तरमा समझदारी भइसकेको छ । अब हस्ताक्षर गरेर सन्धिमा समेट्न मात्रै बाँकी छ । तर यो वीचमा भारत पछि हट्न सक्छ ।
- हाल नेपालले भारतको कोलकाता र विशाखापटानम बन्दरगाह प्रयोग गर्दै आएको थप उडिसाको धमरा बन्दरगाह र गुजरातको कण्डला बन्दरगाह गरी दुईवटा बन्दरगाह प्रयोग गर्न पाउने विषयमा समेत राजनीतिक र प्राविधिक रूपमा समझदारी भइसकेकोले यसलाई पनि हस्ताक्षर गरेर सन्धिमा समेट्न एजेण्डाका रुपमा राख्नुपर्छ ।
- पारवहन सन्धिमा जलमार्गलाई समेट्न पनि सहमति भइसकेका कारण हस्ताक्षर गरेर टुंग्याउने एजेण्डा
प्रश्न नं.२ जलवायु परिवर्तन र विपद एकापसमा अभिन्न अङ्गकै रुपमा छन् भन्ने तथ्य विश्वमा पछिल्ला समयमा देखिएका विपदका घटनाक्रमले सिध्द गरेका छन् । नेपालजस्ता पर्वतीय क्षेत्रमा रहेका देशहरु र तटीय क्षेत्रमा रहेका देशहरु त झनै जलवायु परिवर्तको उच्च जोखिममा रहेका छन् भन्ने तथ्य कोप २६ सम्मेलनले स्वीकार गरिसकेको छ । हालसालै नेपालमा असामयिक रुपमा आएको वर्षा¸बाढी र ठूलो धनजनको क्षतिले पनि सो तथ्यलाइ पुष्टि गरिसकेको छ । विश्वका औध्योगिक राष्ट्रहरुले पन्ध्रौ शताब्दीदेखि गरेको गल्तीको सजायँ नेपाल जस्ता ४५ प्रतिशतभन्दा बढी जंगल हुने र कार्वन उत्सर्जनमा निकै नागण्य भूमिका हुने देशहरुले ब्यहोर्नुपर्ने अवस्था अहिले सिर्जना भएको छ । भुकम्पीय र अन्य प्राकृतिक रुपमा विपदको उच्च जोखिममा रहेको नेपाललाइ जलवायु परिवर्तनका कारण आउने भयावह विपदले थप तहसनहस बनाउने अवस्था अहिलेनै अनुभव गरिसकिएको छ । मुलुक संघीय संरचनामा प्रवेश गरिसकेपश्चात तीनै तहका सरकारहरुको भूमिकामा विपद ब्यवस्थापनलाइ विनियोजन गरिएको भएतापनि अधिकांश स्थानीय सरकारहरुले यसलाइ आफ्नो कार्यक्षेत्रभित्र पूर्ण रुपमा स्वीकार गरी संस्थागत विकास गर्न सकेका छैनन् । फलस्वरुप सामान्य प्रकृतिको विपदमा पनि केन्द्रकै मुख ताक्नुपर्ने अवस्था देखिएको पनि छ । यस अवस्थामा जलवायुजन्य लगायतका सवै प्रकारका संभावित विपदहरुको उचित संवोधनका लागि हालका प्रयासहरुको समीक्षा गर्नुहोस् । तीनै तहमा विपद ब्यवस्थापनको प्रणाली सुस्थापित गर्नका लागि लिइनुपर्ने रणनीतिक कदमहरु के के हुन सक्लान केलाउँदै कोप २७ मा नेपालले जलवायु विपदका सम्बन्धमा उठाइएका विषयहरु शिफारिस गर्नुहोस् । २५
१ परिचय खण्डः ३ वाक्य
जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय क्षेत्रमा परेको प्रभाव विपद र प्रवृत्ति तथ्यसहित उठान र यससम्बन्धमा नेपालको अहिलेको प्रमुख समस्या तथा मुध्दाको उठान
(क) जलवायुजन्य लगायतका सवै प्रकारका संभावित विपदहरुको उचित संवोधनका लागि हालका प्रयासहरुको समीक्षा
नेपाल भूकम्पीय जोखिममा ११ औं, प्राकृतिक प्रकोप २० औं र वहुजोखिममा ३० औं स्थानमा छ
क) वर्तमान नीतिगत व्यवस्थाहरु
- संविधानले जीउ धनको रक्षा एव प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनिकरण गर्नु पूर्व सूचना तयारी उद्यार राहात र पुनस्थापना जोड
- विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ ले संघीय¸प्रादेशिक तथा स्थानीय तहसम्म प्रभावकारी संरचनाको निर्माण गरेको अवस्था
- चालु पन्धौं योजनाः जोखिम कम गर्ने, विपद पश्चात पुनस्र्थापना सम्बन्धमा रणनीति तथा विविध कार्यनीति राखेको ।
- सरकारको नीति कार्यक्रमले विपद पिडितलाई राहात र पुनस्थापना
- बजेटले बजेट विनियोजन
- अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु
- विपद जोखिम व्यवस्थापन सम्बन्धी राष्ट्रिय रणनीति
- विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जूमा मार्गदर्शन २०६७
- भवन संहिता २०६०
- भू–उपयोग नीति २०६९
ख) संस्थागत व्यवस्थाहरु
- व्यवस्थापिका संसद, र संसदीय समितिहरु
- मन्त्रालयहरु
- केन्द्रीय कोभिड संकट ब्यवस्थापन समितिः CCMC and DCCMC, LCCMC
- राष्ट्रिय विपद ब्यवस्थापन प्राधिकरण
- गृहमन्त्रालयमा महाशाखा
- स्थानीय तहसम्म विपद व्यवस्थापन समिति
- सुरक्षा निकायहरुमा एकाई गठन
ग) कार्यगत व्यवस्थाहरु
- एकीकृत अवास विकासका कार्यक्रमहरु
- सुरक्षित स्थानमा वस्ती विकासका कार्यक्रमहरु
- SAARC Disaster Knowledge Network
- विपद व्यवस्था सम्बन्धी क्षेत्रीय गोष्ठीहरुको आयोजना
- काठमाडौंका विभिन्न ८३ स्थानलाई खुला क्षेत्र घोषणा गरिएको ।
- माथि उल्लेखित नीतिगत र कानूनी ब्यवस्थाहरु भएतापनि विपद ब्यवस्थापनको काम उध्दारमा मात्र सीमित रहँदै आएको छ । जलवायुजन्य विपदको विषय गम्भीरतापूर्वक लिइएको छैन ।
- विपद ब्यवस्थापनको कार्य ब्यक्ति वा संरचनाले मात्र गर्दछ भन्ने राजनीतिक नेतृत्व र शासकीय बुझाइ नै यस समस्याको प्रमुख कारणका रुपमा रहेको छ ।
- शासन पध्दति ब्यक्तिको तजविजी अधिकार र केन्द्रीय आदेशका आधारमा सञ्चालन हुन्छ भन्ने बुझाइ समेत विपद ब्यवस्थापनको कार्य कमजोर हुनुको कारण हो ।
- विगतदेखिनै दैवी प्रकोप उध्दार ऐन २०३९ का आधारमा मात्र विपदलाइ सम्बोधन गरियो यसले गर्दा विपद भनेको देवी देउता प्रदत्त बाढी पहिरो र भूक्षय मात्र हुन् र यसको ब्यवस्थापन भनेको उद्दार र राहातमात्र हो भन्ने बुझाइ र गराइ समेत रहेको छ ।
- पछिल्लो समयमा विपद ब्यवस्थापनका नीति¸योजना रणनीति र प्राधिकरण जस्तो शक्तिशाली संरचना बनाइयो तर कोभिडको संकटका क्रममा त्यसको विकल्पका रुपमा CCMC जस्तो समानान्तर संरचना खडा गरियो । जस्ले गर्दा विपद ब्यवस्थापन प्राधिकरण संस्थागत विकासको अवसरबाट वञ्चित भयो । स्थानीय सरकारहरुको भूमिकालाइ प्राथमिकता दिइएन ।
- विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन २०७४ मा नै पेन्डामिकहरुको ब्यवस्थापन समेत प्राधिकरणको कार्यक्षेत्रमा समावेश गरिएको छ । तर त्यस अनुकूल संस्थागत क्षमता विकासको पक्ष कमजोर भयो ।
- विपद ब्यवस्थापनमा अनुमान¸ पूर्वतयारी¸ सहकार्य¸समन्वय¸ प्रविधि¸शिक्षा¸नैतिकता¸ उपकरण¸ प्रविधि¸ उपकरण¸ स्रोत र नियमित सक्रियताको जरुरी पर्दछ । तर हाम्रो अभ्यास प्रतिक्रियात्मक छ ।
- विपद संवेदनशील नीति¸तथ्याङ्क तथा सूचना पध्दति¸प्रविधि¸शिक्षा तथा पूर्वाधारहरुको जरुरत पर्दछ यसका लागि नियमित रुपमा ज्ञान र सीप निर्माण र हस्तान्तरण हुनुपर्नेमा हाम्रोमा त्यो हुन सकेन
- हिउँदमा सुख्खा हुने खोला वर्षामा विपत्ति बन्न सक्छ भन्ने चेत समेत नहुने नागरिकहरु¸सचेत नगराउने शासकीय पात्रहरु सवैमा पूर्व सक्रियताको अभाव देखिन्छ ।
- दीगो विकासको स्थानीय तहसम्म संस्थागत हुन नसक्नु समेत यसका जिम्मेवार रहेको छ ।
- नीतिगत व्यवस्थापनको प्रभावकारी कार्यान्वयन नहुनु ।
- विपद व्यवस्थालाई उद्दार र राहत वितरणका रुपमा मात्र बुझ्नु ।
- पूर्व तयारी कमजोर
- संस्थागत efficiency कमजोर छ ।
- विकास निर्माण नैतिकता जवाफदेहिता र professional ethics and integrity को अभाव छ ।
- विपद व्यवस्थापनमा प्रविधिको प्रयोग जनशक्ति विकास समन्वय र साझेदारीको पक्ष कमजोर छ ।
- दीर्घकालीन, दीगो र उत्थानशील नीति योजना र कार्यक्रमहरुको खाँचो देखिन्छ ।
- विपद पूर्वचेतना कार्यक्रमहरु अभाव
- विपद व्यवस्थापनको लागि स्रोत साधन पर्याप्त छैन ।
- Sub national तहसम्म विपद व्यवस्थापनको सोच, दक्षता र संवेदनशीलता संस्थागत गर्ने बाँकी छ
- बिगतको पृष्ठपोषण लिन नचाहने प्रवृत्ति यथावत छ ।
तीनै तहमा विपद ब्यवस्थापनको प्रणाली सुस्थापित गर्नका लागि लिइनुपर्ने रणनीतिक कदमहरु
- विपद ब्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता सुदृढीकरण गर्ने ।
- ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने संरचनाहरुको तदारुकताका साथ निर्माण गरी सक्रिय बनाउने ।
- तीनै तहका विपद ब्यवस्थापनका संयन्त्रहरुवीच संस्थागत सञ्चार¸समन्वय¸ सहकार्य र तथ्याङ्क र सूचना प्रवाह प्रणालीको विकास गर्ने ।
- स्थानीय सरकारलाइ विपदको मूख्य ब्यवस्थापकको रुपमा संस्थागत गर्न आवश्यक सवै प्रकारको सहयोग गर्ने
- संघीय¸प्रादेशिक र स्थानीय विपद कोषलाइ सुदृढ गराउन स्रोत उपलब्ध गराउने । प्रत्येक स्थानीय तहहरुमा विपद उध्दार सामग्रीहरुको भण्डारण स्थल निर्माण गर्न सहयोग गर्ने ।
- नीति र योजनाहरु निर्माण गर्दा मानवीय मूल्य¸सदाचारिता र नागरिक आवाजलाइ संस्थागत गर्ने पध्दतिको निर्माण गर्ने ।
- विपद ब्यवस्थापनको सवै चरणहरुमा समावेशितालाइ कार्यान्वयन गर्ने ।
- विपद ब्यवस्थापनलाइ दीगो विकास र स्थानीय तथा प्रदेश तहका योजना र कार्यक्रमहरुमा मूलप्रवाहीकरणका लागि संघीय मापदण्ड र बेञ्चमार्क निर्माण गर्ने ।
- विपदबाट हुने क्षतिको उत्थानशीलताका लागि सवै नागरिकहरुलाइ निर्जीबन र जीबन बीमा तथा स्वास्थ्य बीमाको पहुँचमा ल्याउन बीमा कम्पनीहरु¸ तीनै तहका सरकारहरु र गैर सरकारी संस्थाबीच साझेदारीको निर्माण गर्ने ।
- यस सम्बन्धी अध्ययन अनुसन्धानका लागि रिसर्च संस्थाहरु तथा विश्वविध्यालयहरुसँग साझेदारी गर्ने ।
- जीआइएसमा आधारित बहुप्रकोप पूर्वसूचनाप्रणालीको स्थापना गर्न तीनै तहका सरकारहरुवीच सहकार्य गर्ने ।
- विध्यालय तथा विश्वविध्यालयका पाठ्यक्रमहरुमा विपद शिक्षालाइ समावेश गरी ब्यवाहरिक सिकाइ निर्माण गर्ने । स्थानीय तहमा समेत नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
- विपद ब्यवस्थापनमा दक्ष जनशक्तिको विकासमा तीनै तहहरुवीच साझेदारी गर्ने ।
- सवै तहका बजेटहरुमा विपद बजेट कोड र विपद अडिट¸ पूर्वाधार तथा भवन निर्माणमा विपद संवेदनशीलता र उत्थानशीलतामा एकरुपता कायम गराउने ।
आगामी कोप २७ मा नेपालले जलवायु विपदका सम्बन्धमा उठाइएका विषयहरु
जलवायु परिवर्तनबाट उत्पन्न असर न्यूनीकरण प्रयासका लागि नोभेम्बर ६ देखि १८ सम्म इजिप्टको अल सेखमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २७औं सत्र (कोप २७) सम्पन्न भयो। नेपालले उठाएका विषयहरुः
- जलवायु परिवर्तनका प्रभावहरुमा अनुकूलनका कार्यहरु कम प्राथमिकतामा पर्दै गएको देखिएकोले अब अनुकुलनका लागि उत्सर्जक देशहरुले सहयोग र अनुसन्धान गर्नुपर्छ ।
- अनुदान र क्षति न्यूनीकरणमा बराबरी सहयोग हुनुपर्नेः जलवायु वित्त प्रवाह गर्नका लागि विभिन्न किसिमका सर्त तेर्साएर पैसा दिन आलटाल गर्ने प्रवृत्तिविरुध्द एकजुट हुनुपर्ने । पेरिस संझौतामा भएको वार्षिक १०० अर्ब अमेरिकी डलरको जवलायु वित्त प्रदानमा आलटाल गर्दै आइरहेका बढी उत्सर्जक मुलुकहरुलाइ दबाब दिनुपर्ने देखिन्छ।
- बाढीपहिरो, हिमपातजस्ता जलवायुजन्य प्रकोपबाट हुने हानिनोक्सानीबारे छुट्टै वित्तीय सहयोगका लागि लबिङ हुनुपर्नेः यसको नेतृत्व नेपालले गर्नुपर्छ । कोप–२६ ले हानिनोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क) लाई कार्यान्वयनमा ल्याउने निर्णय गरेकोमा सोको कार्यान्वयनको लागि दबाब दिनुपर्छ ।
- पर्वतीय क्षेत्रका विशिष्ट मुद्दालाइ विशेष चासोका शाथ संबोधन हुनुपर्नेः विश्वको औसत तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सियसमा रहँदा पर्वतीय क्षेत्रमा त्यो १.८ देखि २.२ डिग्रीले बढ्न सक्ने भएकोले थप क्षति र विपदको सामना गर्नुपर्ने माउन्टेन स्टान्डन अलोन मुद्दा बनाउनुपर्छ । हिमालको विषय एकरूप भएर उठाउनुपर्छ’
- न्यूनीकरणः विकसित मुलुकहरूले जतिसक्यो कम हरित गृह ग्यास उत्सर्जन गर्नुपर्ने थप प्रतिवध्दता ब्यक्त गर्नुपर्ने
- कोप २६ मा Glasgow climate finance Facility on loss and damage को विषय हानी नोक्सानीको विषय स्वीकार भएको छ अब यसलाइ थप ब्याख्या गरी तत्कालै हानी नोक्सानीको भरण हुने कानूनी ब्यवस्था गर्न लविङ गर्ने ।
- नेपालजस्तै हानीनोक्सानी ब्यहोर्ने देशहरुको साझा फोरमहरु जस्तै कार्बन उत्सर्जन र बन बिनास विरुध्द अन्तराष्ट्रिय सञ्जाल लगायतहरुमा आवध्द हुँदै आफ्ना सामूहिक चासोहरुलाइ उठाउने ।
- विश्वका धनी र विकसित राष्ट्रहरूलाई दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति (लङटर्म स्ट्र्याटिजिज्) परिमार्जन गरी पुनः बुझाउन नेपालले पैरवी गर्नुपर्छ ।
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 170