नेपाल सुपर लिग: आज लुम्बिनी र झापा भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 11:57:53
  • आइतबार,जेठ २४, २०८३
  • नेपाल सुपर लिग: आज लुम्बिनी र झापा भिड्दै

    नेपाल सुपर लिग: आज लुम्बिनी र झापा भिड्दै

    काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

    लिगमा ५ खेलबाट ७ अंक जोडेको बुटवल लुम्बिनी तालिकाको पाँचौ स्थानमा छ भने चार खेलबाट ३ अंक मात्रै जोडेको झापा पुछारबाट एक स्थान माथि आठौँ नम्बरमा छ।

    बुटवल लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ भने झापा पहिलो जितको खोजीमा हुने छ। दुई खेलाडीको चोटका कारण पनि झापा अहिलेसम्म विजयी हुन सकेको छैन । कुनै खेलमा सफलता प्राप्त गर्न सकेको छैन।