काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नरहरि घिमिरेले पाएका छन्।
सोही आयोगमा कार्यरत सहसचिव घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको आज एक सूचनामार्फत अख्तियारले जानकारी दिएको हो। उनले आजकै मितिबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन्।
साथै, प्रवक्तासँग सम्पर्क गर्नका लागि टेलिफोन ०१–५२६२२३ र मोबाइल नम्बर ९८५१२३३२८१ को व्यवस्था गरिएको छ।