काठमाडौँ– संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रतिनिधिसभाका सचिव पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
हिजोका मितिमा महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै महासचिवका लागि नयाँ महासचिवका लागि प्रतिनिधिसभा सचिव पदम प्रसाद पाण्डेको नाम सिफारिस भएको सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रशासनसँग बताए।
आगामी भदौमा कार्यकाल सकिँदै गरेका हालका महासचिव डा। गौतमको राजीनामासँगै पाण्डेलाई नियुक्तिको सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल सकिन लागेको र अब आउने अध्यक्ष सत्ता गठबन्धनको हुने भएकाले त्यसअघि नै एमालेनिकट गौतमलाई राजीनामा गराएर आगामी ५ वर्ष पाण्डेलाई महासचिव बनाउन लागिएकोसमेत स्रोतले जनाएको छ।