मुटु स्वस्थ राख्न के गर्ने - Chaitanya News
  • 2026-05-06
  • 21:00:35
  • बुधबार,बैशाख २३, २०८३
  • काठमाडौं– हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ। त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ।

    खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरूबाट मुक्ति पाउन सकिन्छ। हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेतत विशेष भूमिका रहेको हुन्छ।

    बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ। दैनिक कम्तीमा एकपटक फलफूल खानुपर्छ।

    बेलुकाको खानामा दुईदेखि तीनवटा सुक्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ। बेलुका ८ बजेभित्र खाना खाइसक्नुपर्छ। बिहान एक छाक मात्र भात खाने गर्नुपर् । धेरै शारीरिक श्रम गर्नेले धेरै र थोरै गर्नेले थोरै नै खानुपर्छ। बेलुकाको खाना खाएपछि तुरुन्त सुत्नु हुँदैन। कम्तीमा दुई घन्टापछि मात्र सुत्नुपर्छ।

    शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ। तर नियन्त्रित रूपमा माछा–मासु खाए पनि हानी भने हुँदैन। माछा र कुखुराको मासुले कोलेस्ट्रोल कम बढाउँछ। माछा–मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ। बेलुका माछा नखानु उत्तम हुन्छ।

    घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नुपर्छ। खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ।

    दैनिक तीनदेखि पाँच ग्रामभन्दा बढी नुन प्रयोग गर्नु हुँदैन। नुन थपेर खाने बानी छोड्नुपर्छ।

    फाइबरयुक्त खानाहरू गहुँ गेडागुडी, हरियो सागपात खानुपर्छ। गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ। फापर, कोदो, जौ, मकै आदिले पनि मुटुलाई फाइदा गर्छ।

    बेलुकाको खानामा काँचो लसुन खाँदा राम्रो हुन्छ। यसले रगतको कोलेस्ट्रोल घटाउँछ, साथै एस्पिरिनले जस्तै रगतलाई पातलो पार्दछ। मधुमेह रोग भएकाहरूले गुलियो खानु हुँदैन।

    खाना थोरै–थोरै तर धेरैपटक खानु उचित हुन्छ। दुई छाक खाने, पेट कसेर खाने, खानेबित्तिकै सुत्ने काम मुटुका लागि अत्यन्तै खतरनाक हुन्छ। थोरै खाने, धेरैपटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ।