अध्यक्ष ओलीले भने: बैंकहरू मिटरब्याजीजस्तो हुनु हुँदैन, ब्याजलाई सिङ्गल डिजिटमा ल्याउनुपर्छ - Chaitanya News
  • 2026-06-01
  • 01:50:45
  • आइतबार,जेठ १७, २०८३
  • अध्यक्ष ओलीले भने: बैंकहरू मिटरब्याजीजस्तो हुनु हुँदैन, ब्याजलाई सिङ्गल डिजिटमा ल्याउनुपर्छ

    अध्यक्ष ओलीले भने: बैंकहरू मिटरब्याजीजस्तो हुनु हुँदैन, ब्याजलाई सिङ्गल डिजिटमा ल्याउनुपर्छ

    काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजीजस्तो हुन नहुने बताएका छन्। आज (आइतबार( झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने समेत बताए।

    उनले भने, ‘जुन शर्तमा ऋण दिएको छ त्यो शर्त पालना हुनुपर्छ। कुनै कारणबस् त्यो शर्त पालना हुनै नसक्ने अवस्था आयो भने दुई पक्षको सहमतिपछि मात्रै बैठकले घटबढ गर्नेछ भन्ने लेख्या हुन्छ। तर, घट् भन्ने त लेख्या मात्रै हो हुँदै हुँदैन। बढमात्रै हुने हो। त्यो एकलौटी गर्न नपाउने व्यवस्था हुनुपर्छ। अहिले ऋणको ब्याजलाई सिङ्गल डिजिटमा ल्याउनुपर्छ।

    ‘अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अप्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ कहिले कहिले डुब्न लाग्यो भने त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ । फस्यो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ भन्ने तरिका उपयुक्त हुँदैन।

    ‘बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन सहयोगी भएर काम गर्नुपर्छ, डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन्। लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ रु डिपोजिट गर्नेहरूको ब्याज कसरी फिर्ता गर्छ। त्यसकारण अहिले ऋण दिनेहरू फालाफाल भएकाले बैंकहरूले ऋण लिनेहरूको महत्त्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रूपमा होइन सुमधुर सम्बन्धनको रूपमा बनाउनुपर्छ।’