काठमाडौं– यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ।
दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।
नेपालको टिममा दुई परिवर्तन छ। हेमन्त थामी र दिपक बोहरा पहिलो रोजाइमा खेल्दा विशाल विक्रम केसी र तिलक राज भण्डारी बेन्चमा छन्।