स्वदेशमै उत्पादित आलु र प्याजको बिक्रीमा कर लाग्दैन आन्तरिक : राजस्व विभाग - Chaitanya News
  • 2026-06-01
  • 01:52:23
  • आइतबार,जेठ १७, २०८३
  • स्वदेशमै उत्पादित आलु र प्याजको बिक्रीमा कर लाग्दैन आन्तरिक : राजस्व विभाग

    स्वदेशमै उत्पादित आलु र प्याजको बिक्रीमा कर लाग्दैन आन्तरिक : राजस्व विभाग

    काठमाडौं– आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने बताएका छन। आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको कारोबारमा हड्ताल गरेपछि विभागले शुक्रबार यस्तो प्रष्टोक्ति दिएको हो।

    एक विज्ञप्ति जारी गर्दै विभागले आलु र प्याजको आन्तरिक उत्पादन बिक्रीमा मूल्य अभिवृद्धि कर लाग्ने भन्ने विषयलाई लिएर आपूर्ति असहज बनाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। स्वदेशी उत्पादन अभिवृद्धि गर्न भ्याटको व्यवस्था गरिएको भन्दै विभागले आन्तरिक उत्पादनको बिक्रीमा भ्याट नलाग्ने प्रष्ट्याएको छ।

    ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ विभागले विज्ञप्तिमा भनेको छ।

    चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए। नेपालमा भारतबाट प्याज र बंगलादेशबाट आलु आयात हुन्छ।