काठमाडौँ– (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ। दोस्रो विकेटका रूपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको हो।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भए। उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए।
७।४ ओभरमा उनी आउट हुँदा नेपालले २५ रन बनाएको थियो।