निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन डा. राउतको आग्रह - Chaitanya News
  • 2026-04-25
  • 20:25:20
  • शनिबार,बैशाख १२, २०८३
  • निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन डा. राउतको आग्रह

    निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन डा. राउतको आग्रह

    सप्तरी– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्ने वातावरण बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

    सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार समेत रहेका उनले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्। निर्वाचन धाँधलीपूर्ण हुन नदिन आफूहरू क्रियाशील हुने उनको भनाइ छ।

    प्रहरी, प्रशासनले आफ्ना पार्टीका कार्यकर्तालाई फरक तरिकाले एकपक्षीय व्यवहार गर्दै आएको आरोप समेत उनले लगाएका छन्।