एजेन्सी– प्रायः हामीले अन्डाको प्रयोग गरेपछि त्यसको बोक्रालाई फाल्ने गर्छौं। कतिपयलाई थाहा हुन पनि सक्छ तर धेरैलाई थाहा नहोला अन्डाको बोक्राको एकदमै राम्रो मल बन्छ।
–अन्डाको बोक्राको अन्डाको बोक्राबाट मल बनाउन सबैभन्दा पहिला यसलाई एउटा भाँडोमा जम्मा गर्नुहोस्। त्यसपछि सबै बोक्रालाई राम्रोसँग धुनुहोस्।
–अन्डाका बोक्रालाई धोएपछि केहीबेर सुक्नका लागि छोड्नुहोस्। यसो गर्नाले तपाईं सजिलै मल बनाउन सक्नुहुन्छ।
–जब सबै अन्डाका बोक्रा सुक्छन् त्यसपछि यसलाई मिक्सरमा राखेर मसिनो बनाएर पिस्नुहोस्। त्यसपछि यस पाउडरलाई भाँडोमा राख्नुहोस्।
–अब यो प्राकृतिक मल बनेर तयार हुनेछ। यो पाउडरलाई सिधै आफ्ना विरुवाको माटोमा मिसाउनुहोस्।
–यदि तपाईंको विरुवामा पटक पटक किरा लाग्छन् भने अन्डाको बोक्राको प्रयोग गर्नु एकदमै राम्रो हुन्छ। अन्डाको बोक्राको मलले विरुवामा लागेका किरा पनि मार्छ ।सहयोगले हामीले प्राकृतिक रुपमा मल बनाउन सक्छौं। बोक्रालाई मलको रुपमा प्रयोग गर्ने तरिकाबारे जानौं।