काठमाडौँ– कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौँ महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ। काठमाडौँ महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको हो।
पर्चा बाँड्ने र मान्छे ठग्ने साथै सडकमा पर्चा फाली फोहोर गरेको भन्दै महानगरले जरिवाना तिराएको हो। कर्मचारीको आवश्यकता भन्दै सडक पोलहरूमा पर्चा टाँस्ने, सडकमा हिँड्ने मान्छेहरू वितरण गर्ने जस्ता कार्य गरेको पाइएपछि महानगर प्रहरीले जरिवाना गरेको हो।
काठमाडौँ महानगरले आफ्नो कार्य क्षेत्रभित्र पर्चा पम्पटेल टाँस्ने, बाँड्ने लगायतका कार्यमा रोक लगाएको छ। कानुन विपरीतको कार्य गरेको पाइएपछि जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ।