अहिलेको सरकारका कारण अर्थतन्त्र निराशाजनक बनेको छ : पूर्व अर्थमन्त्री पौडेल - Chaitanya News
  • 2026-04-25
  • 20:23:54
  • शनिबार,बैशाख १२, २०८३
  • अहिलेको सरकारका कारण अर्थतन्त्र निराशाजनक बनेको छ : पूर्व अर्थमन्त्री पौडेल

    अहिलेको सरकारका कारण अर्थतन्त्र निराशाजनक बनेको छ : पूर्व अर्थमन्त्री पौडेल

    बुटवल– नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारका कारण देशको अर्थतन्त्र निराशाजनक बनेको बताएका छन्।

    अर्थतन्त्रका धेरै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महंगी, बेरोजगारी र तीब्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे।

    रुपन्देहीको सैनामैनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राष्ट्र बैंकले हालै प्रकाशित गरेकोे तथ्यांकमा अधिकांश आर्थिक सूचकांकहरु नकारात्मक देखिएको बताउँदै देश निराशाजनक स्थितिमा पुगेको टिप्पणी गरे।

    एमाले सरकार ढालेर ५ दलको सरकार बनेपछि प्रदेशहरुमा मन्त्रालय र मन्त्रीको संखया दोब्बर तेब्बर बनाइदा ठूलो मात्रामा अनुत्पादक चालु खर्च वृद्धि हुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको उनले टिप्पणी गरे।

    ‘पछिल्लो तथ्याङ्क अनुसार मुलुकको मुद्रास्फीति ८ दशमलव ६४ प्रतिशत छ, जबकि अघिल्लो वर्षको यही अवधिमा ३ दशमलव ४९ थियो’, पौडेलले भने, ‘आर्थिक मन्दी, चरम मुल्यवृद्धि र बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक बढेको छ।’

    वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए।