काठमाडौं– अक्सर खानाको कुरा गर्दा हामी स्वाद खोज्छौं। कोहि स्वादको लागि खाना खान्छन्, कोहि अघाउनका लागि। हाम्रो शरीर अनुसार कति खाना खाने, के खाने भन्ने कुरामा भने हामी त्यति ख्याल गर्दैर्नौं। यसको नतिजा ले नै हो, शरीरमा विभिन्न रोग पैदा भएको।
हाम्रो शरीरमा आवश्यक विभिन्न तत्व खानेकुराको माध्यामबाट आपूर्ति हुन्छ। त्यसैले हाम्रो खानेकुरामा ती सबै तत्व सामेल हुन जरुरी छ, जो शरीरलाई चाहिन्छ। यद्यपी हामी स्वादको चक्कर र अघाउने ध्याउन्नमा शरीरका लागि आवश्यक खानेकुराको ख्याल गर्दैनौ।
किन आवश्यक छ?
शरीरलाई सधै स्वस्थ्य, उर्जावान, चलायमान राख्नका लागि सन्तुलित खानेकुरा आवश्यक छ। शरीरको अंगले राम्ररी कार्य(सम्पादन गर्नका लागि उचित पोषक तत्व आवश्यक हुन्छ। राम्रो पोषक तत्व बिना हाम्रो शरीर रोगी, जीर्ण हुन्छ। थकान लाग्छ, संक्रमण फैलन्छ।
सन्तुलित भोजनको अभावमा हाम्रो शरीरले उचित ढंगले काम गर्न सक्दैन। शारीरिक मात्र होइन, मानसिक विकासमा पनि यसले अवरोध ल्याउँछ।
कसरी लिने सन्तुलित भोजन?
सन्तुलित भोजन त्यही हो, जसमा हाम्रो शरीरको लागि आवश्यक सबै तत्व हुन्छ। हाम्रो शरीरलाई भिटामिन, मिनरल्स, क्याल्सियम, कार्बोहाइड्रेड, फाइबर, खनिज जस्ता पोषक तत्व आवश्यक हुन्छ।
सागसब्जीबाट हामीले भिटामिन र खनिज प्राप्त गर्छौ। हरियो, पत्तेदार साग सब्जीमा अधिक पोषक तत्व हुन्छ।
दुधजन्य उत्पादनमा क्याल्शियम, भिटामिन–डी आदि पाइन्छ। यद्यपी सन्तुलित भोजनको लागि कम वोसोयुक्त दुधजन्य उत्पादन सेवन गर्नु राम्रो हो।
मासु, अण्डा प्रोटिनको स्रोत हो। प्रोटिनले हाम्रो मस्तिष्क र मांसपेशीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ।
क्यालोरी:
क्यालोरी भोजनको त्यो हिस्सा हो, जसले शरीरमा उर्जा प्रदान गर्छ। साथै शरीरको उर्जा बचत गर्न पनि सघाउँछ। भोजनमा रहेको क्यालोरीकै कारण शरीर चलायमान हुने हो। प्रत्येक व्यक्तिका लागि प्रतिदिन लगभग २ हजार क्यालोरी आवश्यक हुन्छ। यद्यपी क्यालोरीको मात्रा मासिनको उमेर, लिंग र शारीरिक क्रियशिलतामा पनि निर्भर गर्छ।
सन्तुलित भोजन:
फल– फलमा पोषक तत्व त उच्च मात्रामा हुन्छ नै, यो चाँडै पच्छ पनि। भोक लाग्नसाथ बिना झन्झट फल सेवन गर्न सकिन्छ। यद्यपी फल मौसम अनुसार सेवन गर्नुपर्छ। वेमौसमी फल स्वास्थ्यका लागि लाभदायक हुन्न।
सब्जी– खनिज र भिटामिन ग्रहण गर्ने राम्रो माध्याम हो, सब्जी। हरेक पटकको खानामा सब्जी सामेल गर्नुपर्छ। हरियो पत्तेदार सब्जीसँगै विभिन्न रंगको सब्जीमा अलगअलग पोषक तत्व पाइन्छ।
अन्न– सेतो चामल वा सेतो ब्रेड भन्दा ब्राउन राइस, ब्राउन ब्रेड आफ्नो खानामा सामेल गर्नु राम्रो हो। दालको सेवनले पनि शरीरमा फाइदा गर्छ।
दुधजन्य उत्पादन(दुधजन्य उत्पादनमा क्याल्सियम, भिटामिन डी हुन्छ। न्युन वोसो भएको दुधजन्य परिकार सेवन गर्नुपर्छ।
बोसो र चिनीजन्य खानेकुरा(बोसो र चिनी दुबैले हाम्रो शरीरमा उर्जा प्रदान गर्छ। तर, आवश्यक्ता भन्दा बढी सेवन गर्दा यो उर्जा संचित हुन्छ। शरीरको एक भागमा गएर यो जम्मा हुन्छ। परिणामतः शरीर मोटो हुन थाल्छ। यसले अनेक रोग निम्त्याउँछ।