मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजबाट पुराना र रोकिएका कार्य पुनः प्रारम्भ हुनेछ। गरेको कार्य सम्पादनमा सहजता मिल्ने छ, तर चोट पटकको भय छ, सचेत रहनुहोला।
वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।
सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे
रमाइलो यात्राको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।
कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रमणीय र सुखद् यात्राको योग छ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
तुला –रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।
वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु
आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला।
धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।
कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, दा
प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैबाट धोका हुनसक्छ।
मकर–भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
प्रेमीको सहयोग प्राप्त हुनेछ। टेक्निकलको क्षेत्रमा रुचि बढ्ने छ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ।
मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।