बिहान उठ्नेबित्तिकै के खाने? के नखाने? - Chaitanya News
  • 2026-05-05
  • 07:12:44
  • मंगलबार,बैशाख २२, २०८३
  • बिहान उठ्नेबित्तिकै के खाने? के नखाने?

    बिहान उठ्नेबित्तिकै के खाने? के नखाने?

    काठमाडौँ– स्वस्थ जीवनका लागि खाना निकै महत्वपुर्ण हुन्छ। यदि खानपानमा मात्र ध्यान पुर्याउने हो भने पनि धेरै किसिमका रोगहरुबाट बच्न सकिन्छ। हामीले बिहान उठेदेखि सुत्ने बेलासम्म खानेकुरामा ध्यान दिनुपर्छ। हामीले बिहान खाने कतिपय चिजले एसिडिटी र जलनको समस्या ल्याउँन सक्छ। बिहानको नास्ता दिनभरको लागि महत्वपूर्ण आहार हुन्छ। त्यसकारण बिहानको नास्ता अधिक स्वास्थ्यकर हुन जरुरी छ।

    हामी मध्ये धेरैजसोको बानी बिहान उठ्ने बित्तिकै चिया वा कफी खाने हुन्छ। तर, स्वास्थ्यका दृष्टिकोणले भने बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु राम्रो हुँदैन। बिहान खाली पेटमा चिया वा कफी खाने गर्नाले पेटमा ग्यास भरिने, अपच हुने आदि हुनसक्छ र पछि त्यसले ग्यास्ट्रिक, अल्सरको रुप पनि लिन सक्छ। त्यसैले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्छ। बिहानमा चिया वा कफीको ठाउँमा जुस पिउन पनि सकिन्छ।

    बिहान खाली पेटमा कसैको नास्ता खाने बानी हुन्छ । खाली पेटमा खाने खानेकुरा जहिले पनि हल्का हुनुपर्छ। त्यसैले बिहान चियासंग पराठा खाने वा बिहानमा चिल्लोमा पकाएको अथवा तेलमा तारेको खानेकुरा खाने बानी छ भने, त्यो बानी हटाउनुपर्छ। त्यो बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ र पछि, त्यो बढ्दै गएर ठूलो रुप लिन्छ।

    खाली पेटमा खान नहुने बस्तु

    केरा: केरामा म्याग्नेसियमको मात्रा अधिक हुन्छ। यो शरीरको लागि निकै आवश्यक चिज पनि हो, तर जब तपाईले खाली पेटमा यसको सेवन गर्नुहुन्छ तब रगतमा म्याग्नेसियमको मात्रा बढ्छ जसले तपाईको मुटुलाई हानी गर्न सक्छ। यसकारण खाली पेटमा केरा खानु हुँदैन।

    गुलियो पदार्थ विहानको खाली पेटमा गुलियो बस्तु पनि खान हुँदैन। यसले तपाईंको शरीरमा इन्सिुलिनको मात्रा अचानक बढाइदिन सक्छ। जसको कारण प्यान्क्रियाजमा दबाव पर्न थाल्छ। लामो समयसम्म यस्तो बानी बसे डायबिटीजको खतरा बढ्छ।

    टमाटर: विहान खाली पेटमा टमाटर खानाले ग्यास्ट्रिक–अल्सर हुने खतरा ज्यादा हुन्छ। टमाटरमा रहेको ‘टैनिक एसिड’का कारण एसिडिटी पनि बढ्छ । यसैले विहान खाली पेटमा टमाटर नखानुहोस ।

    सोडा: केही मानिसमा विहान उठ्नेवित्तिकै कोल्ड ड्रिँक्स पिउने बानी हुन्छ। यस्तो गर्नु स्वास्थ्यका लागि निकै हानिकारक छ। यसले ‘म्यूकस मेम्ब्रेन’लाई क्षति पुर्याउँछ। यसको अलावा पाचन तंत्रमा पनि गम्भीर असर पर्दछ।

    दही:दहीमा हुने ‘हेल्दी व्याक्टेरिया’ पेटका लागि निकै फाइदाजनक छ, तर यसको सेवन खाली पेटमा गर्नु हुँदैन। जब खाली पेटमा दही खाइन्छ तब पेटमा हाइड्रोक्लोरिक एसिडको मात्रा बढ्छ र ‘हेल्दी ब्याक्टेरिया कमजोर हुन थाल्छ। यसकारण खाली पेटमा दही नखानुहोस।

    मसलेदार खानास् खाली पेटमा मसलेदार खाना खानु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ।यसले पाचन तंत्रमा नकारात्मक प्रभावपार्छ। यस्ता खानेकुराले पेटमा एसिडिटीको मात्रा ह्वात्तै बढाउँ।

    खाली पेटमा के खाने?

    खाली पेटमा तपार्ईले अण्डा, ओटमिल, ब्राउन ब्रेड, खरबुजा, ब्लू बेरी, मह या कार्बोहाइड्रेटयुक्त खाना खान सक्नुहुन्छ जसले तपाईको पाचन प्रणालीलाई खराब गर्दैन।