१६ अर्बको ट्रेजरी बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक - Chaitanya News
  • 2026-05-27
  • 03:21:05
  • मंगलबार,जेठ १२, २०८३
  • १६ अर्बको ट्रेजरी बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

    १६ अर्बको ट्रेजरी बोलकबोल गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ। बैंकले मंसिर १९ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने दुई किसिमका कूल १६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो।

    यद्यपि, केन्द्रीय बैंकले यी सबै पुराना जारी ट्रेजरीको पुनः नवीकरण गर्ने भएको हो। बैंकद्धारा जारी सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनेका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार अर्थात् मंसिर १८ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन्। ट्रेजरी बिक्री भने मंगलबार अर्थात् मंसिर १९ गते हुनेछ।

    यसअघि केन्द्रीय बैंकले मंसिर ११ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।