सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोवार? - Chaitanya News
  • 2026-05-27
  • 03:21:24
  • मंगलबार,जेठ १२, २०८३
  • सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोवार?

    सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोवार?

    काठमाडौँ– आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

    अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन। गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो। जुन, आज ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो। यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ।

    यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ। यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो।