काठमाडौं– मङ्गलवार मध्यरातमा प्युठानमा जिप दुर्घटना भएको छ। दुर्घटना तीन जनाको मृत्यु भएको छ। लु १ ज ३७०७ नम्बरको जिप खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको अवस्थामा मध्यरात १२ बजे दुर्घटनामा परेको हो।
३ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्ती रहेका छन्। मृत्यु हुने सबै पातलकटेरी गाउँका हुन्। दुर्घटनामा बाह्र जना घाइते भएका छन्।
उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिए। स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पुर्याएको थियो।
जीप दुर्घटनाको कारण खुलेको छैन। जीपका चालक विनोद केएम फरार छन्। जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ।